×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

कोरोनाको कहरपछि सरकारले भ्रमण बर्षको पुर्नसंरचना गर्ने

३० फाल्गुन २०७६

३० फागुन, काठमाडौं । सरकारले भ्रमण बर्ष २०२० लाई नयाँ ढंगले पुर्नसंरचना गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डय मन्त्री योगेश भट्टराईले भ्रमण बर्षको सुरुवाती समयमा नै विश्वभर महाभारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणका कारण मुलुक भित्र र बाहिरका सम्पुर्ण कार्यक्रमहरु स्थगित गरिएको उल्लेख गर्दे उनले भ्रमण बर्षलाई सरकारले नयाँ ढंगले पुर्नसंरचना स्पष्ट पारेका हुन् ।

संघीय संसद, प्रतिनिधिसभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री भट्टराईले सन् २०२० देखि २०३० सम्मको अवधारणाबाट अगाडि बढेर पर्यटन विकास र प्रवद्र्धनका लागि बिशेष योजना बनाई भ्रमण बर्षको कार्यक्रम पुर्नसंरचना गरिएको बताएका हुन् ।

Advertisement
Advertisement

उनले भने “नेपाल भ्रमण बर्ष २०२०का कार्यक्रमहरु देशभित्र देशबाहिर सबै ठाउँमा स्थगित गरिएको छ र भ्रमण बर्ष २०२० लाई नयाँ ढंगले पुर्नसंरचना गर्नुपर्ने आवश्यकता देखिन्छ । त्यसको लागि २०/३० को अवधारणाबाट अगाडि जाउ भन्ने हामी छलफल गर्दैछौ । त्यसो हुनाले १० बर्ष नेपालको पर्यटनको निम्ति विशेष योजना बनाएर अगाडि बढिने छ । त्यो १० बर्षमा मुलतः पर्यटन सम्बन्धी पुर्वाधारहरुको विकास गर्ने, हवाई पुर्वाधार, सडक पुर्वाधार र नया गन्तव्यहरु निर्माण गर्ने लगायतका कुरामा दश बर्षको विशेष योजना बनाउन खोजिरहेका छौ । र प्रत्येक बर्ष विशेष योजनाको नाममा एउटा खास एजेण्डाको रुपमा १० बर्षलाई लक्ष्य बनाई जाने भन्ने हाम्रो सोचाई रहेको छ । ”

मन्त्री भट्टराईले तारागाउँ विकास समितिका सम्बन्धमा समितिले दिएको प्रतिवेदनका आधारमा मन्त्रालयले सक्रियता बढाएको स्पष्ट पारे । उनले भुकम्पले क्षति पुर्याएका तारागाउँ विकास समिति अन्र्तगत पोखरा, ककनी, नगरकोट लगायत स्थानमा रहेका रिसोर्टका भवनहरु आन्तरिक स्रोत र मन्त्रालयको केही अनुदानमा पुननिर्माण भई संञ्चालनमा आएको जानकारी दिए । समितिमा नेपाल सरकारको लगानीको अनुपात ३९ प्रतिशतबाट घटेर २२ दशलब ६७ प्रतिशत शेयर भएको भन्ने प्रतिवेदनमा उल्लेख भएपनि सो बराबरको शेयर सरकारको नाममा नरहेकाले सो संख्याको शेयर सरकारको हुनुपर्नेमा अडान राख्ने काम भएको उनले स्पष्ट पारे । समितिको यथार्थ सम्पत्तिको अडिट गर्ने भन्ने सम्बन्धमा पनि मन्त्रालयले तदारुकता देखाएको बताए ।

उनले नेपाल वायुसेवा निगमका सम्बन्धमा समितिले दिएको निर्देशन र विभिन्न समयका कार्यदलले दिएको प्रतिवेदनका आधारमा सुधारको प्रक्रिया अघि बढाउनका लागि केही प्राविधिक काम अघि बढेको स्पष्ट पारे । विशेष गरेर निगमलाई सार्वजनिक कम्पनीको रुपमा रुपान्तरण गर्ने गरि काम भईरहेको उनले जानकारी दिए । उनले भने “विशेष गरेर निगमलाई सार्वजनिक कम्पनिको रुपमा रुपान्तरण गर्ने निष्कर्षमा पुगेको छ । त्यसका लागि प्रारम्भीक डकुमेण्टसनको काम सुरु भएको छ ।”

उनले नीजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्यलाई अघि बढाउने प्रक्रिया सुरु भईसकेको र काठगाउँ, टाँगीया बस्तीका बासिन्दालाई आवश्यक मुआब्जा दिने काम अन्तिम चरणमा पुगेको स्पष्ट पारे । ती बस्तीका झण्डै ८५ प्रतिशतले मुआब्जा लिईसकेको र बाँकीको मुआब्जा वितरण पनि छिटै हुने बताए । उनले टाँगीया वस्तीलाई अन्यत्र सार्ने सम्बन्धमा सरोकारित मन्त्रालय र निकाय तथा स्थानीय सरकारसंग पनि समन्वय गर्दे केही स्थानहरुको पहिचान गर्ने काम भएको ,वातावरण मन्त्रालयले रुख संख्या किटान गर्ने काम गरिरहेको र त्यसका लागि आवश्यक बजेट पठाईसकेकाले सो काम पनि केही समय भित्रै सम्पन्न हुने बताए ।

उनले सार्वजनिक निजी साझेदारीको अवधारण अनुसाअर विमानस्थल भित्रका पहुँच मार्गको पुर्वाधार निर्माण लगायतका काम नागरिक उड्डयन प्राधिकरणको माध्यमबाट गर्ने गरि प्रक्रिया अगाडि बढाईएको जानकारी दिए । उनले विमान खरिदसंग सम्बन्धी निर्देशनका सम्बन्धमा मन्त्रालयबाट आन्तरिक रुपमा सुचना लिने काम भएको र त्यस सम्बन्धमा भएका प्रगतीलाई यथाशिघ्र जानकारी गराउने बताए ।

Advertisement

उनले सरकारले र्कितिपुर नगरपालिकाको चम्पादेवीमा सांस्कृति संग्रालय बनाउने निर्णय अनुसार मन्त्रालयले कार्यदल बनाएर प्रक्रिया अघि बढाएको, कार्यदलको सुझावका आधारमा वायुसेवा सञ्चालक संग छलफल र परामर्श पछि स्वदेशी तथा विदेशी हवाई यात्रुहरुको भाडा दर निर्धारण गर्ने तयारी भईरहेको, भुकम्पबाट क्षतिग्रस्त ९ सय २० वटा सम्पदाहरु मध्ये ४ सयको पुननिर्माण सम्पन्न भएको र बाँकी सम्पदा २ बर्ष भित्र पुर्ननिर्माण सम्पन्न गरिने स्पष्ट पारे । समितिको विभिन्न समयमा समितिबाट भएका निर्देशन तथा सुझावहरुको कार्यान्वयनको प्रगती बारे मन्त्री भट्टराईसंग छलफल गरेको हो ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top