×

NEPAL TIMES UPDATES

Playing
कुक र टाइपिस्टको बहानामा बन्धकः क्याम्बोडियामा नेपाली नै किन फस्छन् ?|| Nepal Times
May 05, 2026
Playing
विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो || Nepal Times
May 05, 2026
Playing
के अब शिक्षकले पनि १५ दिनमा पाउने हो तलब ?|| Nepal Times
May 05, 2026
Playing
World News:यु*द्धमा यूएई पिसियो, भारतमा कम्युनिष्ट सकियो, विश्वभरबाट इरानको निन्दा|| Nepal Times
May 05, 2026
Playing
समस्याग्रस्त सहकारीका ऋणीहरूको सूची सार्वजनिक गरिँदै || Nepal Times
May 05, 2026
Playing
बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने|| Nepal Times
May 05, 2026
Playing
मारवाडीले हडपेको धर्मशाला पशुपतिनाथको स्वामित्वमा आयो || Nepal Times
May 05, 2026
Playing
संवैधानिक परिषद् बैठकः अब ४ जनाले गणपूरक, ३ जनाले निर्णय| Nepal Times
May 05, 2026
Playing
Top 15 Afternoon News || May-05-2026 || Nepal Times
May 05, 2026
Playing
सिंहदरबारभित्रको समानान्तर सरकार अन्त्यः ट्रेड युनियनको साँचो खोसियो || Nepal Times
May 05, 2026

विदेशी ‘सेल्फ क्वारेन्टाइन’ र नेपाली ‘होम क्वारेन्टाइन’मा

३० फाल्गुन २०७६

३० फागुन, काठमाडौँ । 

कोरोना भाइरस डिजिज (कोभिड–१९) भित्रिन नदिन विदेशबाट आएका विदेशीले ‘सेल्फ क्वारेन्टाइन’ र नेपालीले ‘होम क्वारेन्टाइन’मा बस्नुपर्ने भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओले)ले कोभिड–१९ लाई विश्वव्यापी महामारीका रुपमा घोषणा गरेपछि सरकारले उच्च सतर्कता अपनाउँदै आफैँ सुरक्षित स्थानमा बस्नुपर्ने निर्णय गरेको हो ।

Advertisement
Advertisement

बिहीबार मात्रै डब्लुएचओले ‘प्याण्डेमिक’ घोषणा गरेको थियो । यसरी आएका विदेशी र नेपाली १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । शनिबारदेखि उक्त व्यवस्था लागू हुने उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सचिवालयले जनाएको छ ।

सचिवालयका सदस्य सचिव नारायणप्रसाद बिंडारीद्वारा सार्वजनिक समितिको निर्णयअनुसार गैह्रआवासीय नेपालीसहित, कूटनीतिक र ‘अफिसियल भिसा’ प्राप्त गरेका विदेशी तथा पहिलो पटक प्रवेशाज्ञा प्राप्त गर्दा वा बाहिर गएर नेपाल फर्किएका नेपालीमा पनि उक्त व्यवस्था लागू हुनेछ । व्यावसायिक अध्ययन र कामदारको प्रवेशाज्ञा प्राप्त गरेका विदेशीलाई समेत यो व्यवस्था लागू हुने जनाइएको छ ।

सरकारले विदेशमा बस्ने नेपालीलाई उच्च सावधानी अपनाउन भनेको छ । नेपालीलाई अत्यावश्यकबाहेक यात्रा नगर्न अनुरोध गरिएको छ । सरकारले अत्यावश्यक कारणले नेपाल आउनुपर्ने भएमा आइपुग्नुपर्ने मितिको सात दिनभित्रको स्वास्थ्य जाँच प्रमाणपत्र संलग्न गरी सम्बन्धित मुलुक वा नजीकै रहेको नेपाली नियोगबाट प्रवेशाज्ञा लिनुपर्ने व्यवस्था पनि लागू गरेको छ । विदेशीले पनि सात दिनभित्रको स्वास्थ्य जाँच प्रमाणपत्रसहित प्रवेशाज्ञा आवेदन गर्नुपर्नेछ ।

प्रवेशाज्ञा लिइसकेका विदेशीले नेपालको आगमन विन्दुमा आइपुग्ने मितिभन्दा बढीमा सात दिनभित्रको स्वास्थ्य जाँच प्रमाणपत्र आगमन विन्दुको अध्यागमन कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था लागू गर्ने निर्णय पनि सरकारले गरेको छ । नेपालको आगमन विन्दुमा विदेशीलाई दिइँदै आएको ‘अनअराइभल भिसा’को व्यवस्था शनिबार राति १२ बजेदेखि लागू हुनेगरी आगामी वैशाख १८ सम्मका लागि स्थगन गरिएको छ ।

कोभिड–१९ रोकथाम समन्वय समितिको बिहीबारको बैठकले ‘सेल्फ क्वारेन्टाइन’ बस्नेदेखि विभिन्न विषय समेटेर १९ निर्णय गरेको छ । समितिको सचिवालयले दिएको जानकारीअनुसार तेस्रो मुलुकका नागरिकलाई स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न दिइँदै आएको सुविधा शनिबार राति १२ बजेदेखि लागू हुनेगरी स्थगन गरेको छ ।

नेपाल भारतबीचको यात्रु आवागमनलाई व्यवस्थित गर्न परराष्ट्र, अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति र गृह मन्त्रालयसँगको सहकार्यमा भारतपक्षसँग समन्वय गरी निश्चित विन्दुबाट मात्रै आवागमनको व्यवस्था गरिने जनाइएको छ । अर्को सूचना जारी नभएसम्मका लागि श्रम स्वीकृतिसमेत स्थगन गरिएको छ । अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई वैशाख १८ भित्र विदेशयात्राको ‘नन अब्जेक्टिक सर्टिफिकेट’ जारी नगर्ने निर्णयसमेत गरिएको छ ।

यस्तै सङ्क्रमणको रोकथाम, नियन्त्रणका लागि अति आवश्यक पर्ने औषधि, औजार उपकरणलगायत सामग्री सार्वजनिक खरीद ऐनको विशेष परिस्थितिको प्रावधानअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खरीद गर्ने निर्णय पनि सरकारले गरेको छ ।

सातै प्रदेशमा आइसीयु र आइसोलेसन कक्ष

सरकारले राजधानी उपत्यकासहित सातै प्रदेशमा आइसियु र आइसोलेसन कक्ष स्थापना गर्ने भएको छ । कोरोना भाइरस रोकथामका लागि उपत्यकामा आवश्यक सङ्ख्या र हरेक प्रदेशमा कम्तीमा एकएक आइसियु र आइसोलेसन कक्ष स्थापना गर्ने तयारी थालेको हो । उक्त कामका लागि समितिको अर्को बैठकमा प्रस्ताव पेश हुनेछ । त्यसको स्रोतको व्यवस्थापन भने अर्थ मन्त्रालयले गर्ने छ ।

स्वास्थ्य मन्त्रालयले प्रदेश र स्थानीय तहसँगको समन्वयमा समायोजन भएका चिकित्सक तथ स्वास्थ्यकर्मीसमेतलाई सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि आवश्यक तयारीमा राख्ने एवं आवश्यकतानुसार स्वास्थ्यकर्मी र स्वयंसेवकको सूची तयार गरी आवश्यक व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग समन्वयमा गर्नेछ ।

यस्तै नेपालमा पर्वतारोहण गर्ने गरी सन् २०२० को वसन्त ऋतुका लागि जारी गरिएको वा जारी गरिने अनुमतिपत्र हाललाई सरकारले स्थगन गरेको छ । सरकारले अन्तरराष्ट्रिय सभासम्मेलन आगामी जेठ १८ सम्मका लागि स्थगन गरेको छ । यस्तै सङ्क्रमण आउन नदिन चलचित्रघर नचलाउन, समारोह तथा सामाजिक कार्य एवं मेला महोत्सव नगर्न र सहभागी नहुन जनसमुदायलाई आह्वानसमेत गरेको छ ।

Advertisement
Advertisement

–नारायण ढुङ्गाना/रासस

भर्खरको समाचार

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

Scroll to Top