विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या ८ पुग्यो

विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या ८ पुग्यो

१ चैत्र, जनकपुरधाम ।
धनुषामा विषाक्त घरेलु मदिरा सेवनको कारण मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

होली पर्वको अवसरमा मदिरा सेवन गरेका एकै गाउँका आठजनाको मृत्यु भएको हो । शनिबार बिहान मोसराम यादव र सत्रोहन मण्डलको पनि मृत्यु भएको छ ।

यसअघि क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर २ रमदैयाकै ३५ वर्षीय ब्रह्मदेव यादव, ४० वर्षीय राम विलास मण्डल, ६५ वर्षीय गुद्री महरा, वडा नम्बर १ का ३६ वर्षीय रामनारायण महरा, ३० वर्षीय राजु महरा र २५ वर्षीय इन्द्रजीत महराको मृत्यु भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.