×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026
Playing
बालेनको अनुपस्थितिमै नीति तथा कार्यक्रममाथि छलफल, मनिषलाई ब्याकफायर || Nepal Times
May 14, 2026
Playing
भ्रष्टा चार लुकाउन प्रेम राईलाई सिध्याउने योजनाको पर्दाफास || Nepal Times
May 14, 2026

कोरोना महामारीको अबको केन्द्रविन्दु युरोपः विश्व स्वास्थ्य संगठन

१ चैत्र २०७६

१ चैत्र, एजेन्सी ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरस विश्वव्यापी महामारीको केन्द्रबिन्दु अब युरोप भएको जनाएको छ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रस एड्हानोम गेहब्रेयससले देशहरूलाई आक्रामक कदम चाल्न, समुदायलाई परिचालन गर्न र मृत्यु हुन नदिन मानिसहरूबीच दूरी कायम राख्न आग्रह गरेका छन्। यो आगोलाई बल्न नदिऊँ, उनले भने।

Advertisement
Advertisement

थुप्रै युरोपेली देशमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुने मानिसको सङ्ख्यामा उल्लेख्य वृद्धि भएका विवरण आइरहेकै बेला महानिर्देशक टेड्रसले यस विषयमा बोलेका हुन्।

इटलीमा २४ घण्टामा सर्वाधिक २५० जनाको मृत्यु भयो। अहिलेसम्म त्यहाँ कुल १,२६६ जनाको मृत्यु भइसकेको छ भने १७,६६० मा सङ्क्रमण पुष्टि भएको तथ्याङ्क छ। इटलीपछि स्पेन सबैभन्दा नराम्ररी प्रभावित देश बनेको छ।

त्यहाँ शुक्रवार मृत्यु हुने मानिसको सङ्ख्यामा ५० प्रतिशतले वृद्धि भई १२० र सङ्क्रमित हुने मानिसको सङ्ख्या ४,२३१ पुगेको छ। प्रधानमन्त्री पेद्रो सान्चेजले शनिवारदेखि दुई हप्तासम्म लागु हुने गरी सतर्कताको अवस्था कायम गरिने बताएका छन्।

युरोप किन केन्द्रबिन्दु ?

गत डिसेम्बरमा चीनबाट फैलिएको कोरोनाभाइरस सङ्क्रमण अहिले विश्वभरि फैलिएको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वका १२३ वटा देशमा १३२,५०० भन्दा बढी मानिसमा कोरोनाभाइरस सङ्क्रमण अर्थात् कोभिड–१९ देखिएको छ। मृत्यु हुने मानिसको सङ्ख्या झन्डै ५,००० पुगेको छ।

त्यो सङ्ख्यालाई डब्ल्यूएचओका महानिर्देशक टेड्रसले एउटा दुःखद कोसेढुङ्गाको रूपमा व्याख्या गरेका छन्। युरोप अहिले यो विश्वव्यापी महामारीको केन्द्रबिन्दु बनेको छ। चीनबाहेक अरू सबै देशमा भएका मृत्यु र सङ्क्रमणका घटनाभन्दा बढी युरोपमा देखिएको छ, उनले भने।

चीनमा महामारी उत्कर्षमा पुगेको बेलाभन्दा बढी घटनाहरू युरोपमा अहिले प्रत्येक दिन देखिन थालेका छन्। स्पेन र इटलीमा सङ्ख्या बढिरहँदा फ्रान्समा २,८७६ जनामा सङ्क्रमण देखिएको छ भने ७९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेको सङ्ख्या बिहीवार ६१ थियो।

Advertisement
Advertisement

जर्मनीमा ३,०६२ जना सङ्क्रमित भएका छन् भने पाँच जनाको मृत्यु भएको छ। ब्रिटेनमा ७९८ जनामा सङ्क्रमण देखिएको छ भने ११ जनाको ज्यान गइसकेको छ। (बीबीसी)

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top