१ चैत्र, एजेन्सी ।
भारतको बिहारस्थित मधुबनी जिल्लामा कोरोना भाइरसका शंकास्पद दुई जना संक्रमित फेला परेका छन् ।
जिल्लामा पनि कोरोनाका संक्रमति फेलापरेपछि त्याहा हल्लीखल्ली मच्.िचएको भारतीय संचारमाध्यामले उल्लेख गरेका छन् । जयनगर अनुमंडल क्षेत्रमा भेटिएका दुवैजनालाई सदर अस्पतालमा भर्ना गरिएको छ ।
उनीहरु अहमदाबादबाट नेपाल आउँदै गरेको भारतीय प्रहरीले जनाएको छ । समाचार अनुसार दुवै जना नेपाली भएको र उनीहरु खजूरी महुआ निवासी रहेको बताइएको छ । कोरोनाभाइरसको संक्रमणको लक्षण देखिएपछि उनीहरुको परिवारलाई समेत जानकारी गराइएको छ ।
अस्पतालका अधिकारीका अनुसार दुवैको स्याम्पल लिएर थप उपचार भइरहेको छ । सामान्यतया सैंपल निगेटिभ आए पनि कम से कम १४ दिन क्वारेन्टाइनमै रहनु पर्नेछ ।
पछिल्लो समय विश्वभर कोरोनाको संक्रमण फैलिएपछि नेपाल भारत सीमा क्षेत्रमा पनि आवात जावत र चेकजाँचमा कडाई गरिएको छ । विना स्वास्थ्य चेकजाँच आवागमनमा रोक लगाइएको छ ।