कोरोनाविरुद्ध सार्क राष्ट्र एकमत, कसले के भने ?

२ चैत, काठमाडौँ ।
दक्षिण एसियाली मुलुकहरु विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण विरुद्ध साझा रुपमा लड्न ऐक्वद्धता जनाएका छन् । कोरोना भाईरस विरुद्ध साझा रणनीति तय गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा आईतबार भएको भिडियो कन्फरेन्समा दक्षिण एसियाली मुलुकले कोरोना भाइरस संक्रमण नियन्त्रणको अभियानमा जुट्न ऐक्यवद्धता जनाएका हुन् ।

उनीहरुले कोरोना भाईरसको संक्रमणबाट नआत्तिन तथा नजरअन्दाज पनि नगर्न आग्रह गरेका छन् । कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदीले कारोना भाईरस विरुद्धको अभियानमा साझा रुपमा लड्नका लागि आपतकालिन कोष स्थापनाको प्रस्ताव गर्दै सो कोषमा भारतले ११ अर्ब ८० करोड नेपाली रुपैयाँ राख्ने घोषणा समेत गरे । आपतकालिन कोषमा जम्मा भएको रकम सार्क राष्ट्रमध्ये जुन देशलाई आवश्यक पर्छ उसले प्रयोग गर्न सक्ने प्रस्ताव समेत उनले राखेका छन ।

कोरोना भाईरस संक्रमण विरुद्ध लड्नका लागि भारतले गरेको आपतकालिन कोष स्थापनामा अन्य सदस्य राष्ट्रले समर्थन जनाएपनि पाकिस्तानले भने समर्थन जनाएको छैन ।

पाकिस्तानका स्वास्थ्यराज्यमन्त्री डाक्टर जफर मिर्जाले महामारीको रुपमा फैलिएको कोरोना संक्रमणसंग जुध्नका लागि र आपतकालिन सहयोग आदान प्रदानका लागि गरिने क्षेत्रिय सहयोग र सहकार्यलाई सार्क सचिवालय मार्फत नै गर्न सुझाएका छन । शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क सदस्य राष्ट्रहरु एकजुट भएर कोरोना विरुद्ध लड्न तयार हुनुपर्ने बताएका थिए । भारतीय प्रधानमन्त्री मोदीले आवश्यक टेष्ट किट सहित भारतले विशेषज्ञ संलग्न र्यापिड रेस्पोन्स टिम बनाएको जानकारी दिदै आवश्यक परे अन्य देशलाई सहयोग गर्न पनि तयार रहेको बताए ।

यस्तै श्रीलंकाका राष्ट्रपति गोताबाय राजापाक्षले श्रीलंकामा कोरोना संक्रमण नरहेको र सम्पुर्ण नाकाहरु बन्द गरेर आवश्यक सर्तकता अपनाईएको बताए । इटली र दक्षिण कोरियामा ठूलो संख्यामा आफ्ना नागरिक रहेको भन्दै उनले स्वदेश फिर्ता भएका सबैलाई १४ दिन अनिवार्य क्वारेन्टाईनमा बस्ने व्यवस्था मिलाईएको बताए ।

बंगलादेशकी राष्ट्रपति शेख हसिनाले सबै अन्तराष्ट्रिय विमानस्थलहरुमा कोरोना संक्रमण परीक्षणको व्यवस्था मिलाईएको र सर्वसाधरणलाई आवश्यक हाईजेनिक खाना खान सचेत गरिएको बताइन । राष्ट्रपति हसिनाले भारतीय प्रधानमन्त्रीले लिएको सक्रियतालाई धन्यवाद दिदै कोष र प्राविधिक कार्यदलमा बंगलादेश सहभागी हुने प्रतिवद्धता जनाए ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक कोरोना संक्रमणको उच्च जोखिमा रहेकाले मुलुक भित्रन नदिन आवश्यक पहल गरेको र पुर्व सर्तकताका लागि सम्पुर्ण शक्ति लगाएको बताए । उनले कुटनीतिक सम्बन्ध भन्दा बाहेकका भिषा दिन स्थगित गरिएको श्रम स्वीकृति अनुमति दिने काम स्थगित गरिएको जानकारी दिए । प्रधानमन्त्री ओलीले महामारीलाई रोक्नका लागि सार्क मुलुकहरुबीच संयुक्त प्रयास हुनु जरुरी रहेको भन्दै आपतकारीकालिन सहयोग कोष स्थापनाको प्रस्तावलाई स्वागत गर्दे सो कार्यमा नेपाल पनि सहभागी हुने प्रतिवद्धता जनाए ।

भुटानका प्रधानमन्त्री डाक्टर लोतेया त्शेरिङले सबै महामारी सबैका लागि चुनौति भएको र संक्रमणको जोखिमले कुनै पनि भुगोल वा सिमा नरहने भएकाले सबैले संक्रमण विरुद्धको तयारीमा सचेत हुनुपर्र्ने बताए ।

अफगानिस्तानका प्रधानमन्त्री असरफ घानी ले आउदा ६ महिना भरि नै कोरोना भाईरसको संक्रमण प्रति गम्भीर हुनुपर्ने भन्दै भारतले गरेको आपतकालिन कोष र प्राविधिक टाक्स फोर्स गठनको स्वागत गरे ।

मालद्विप्सका राष्ट्रपति इब्राहिम मोहमद सोलिहले कोष गठनको प्रस्तावको समर्थन गर्दे आफ्नो देशले प्रविधि र सामाग्री लगायतमा सहयोग गर्ने प्रतिवद्धता जनाए । सार्कका राष्ट्र तथा सरकार प्रमुखहरुबीचको भिडियो कन्फरेन्स १ घण्टा ३५ मिनेट चलेको थियो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top