×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दिनभरका प्रमुख खबर

३ चैत्र २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(कालोबजारीको भण्डाफोर)
कालोबजारीका लागि लुकाएर राखेको १० लाख बढी मास्क प्रहरीद्वारा काठमाडौंका विभिन्न स्थानबाट बरामद / ५ जना पक्राउ /बरामद गरेको मास्क सार्वजनिक संस्थाबाट वितरण गर्ने तयारी ।

Advertisement
Advertisement

२.(छैन कोरोना)
कोभिड–१९ संक्रमणको आशंकामा झापाबाट आइतबार काठमाडौँ लगिएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि / आशंका गरिएका ब्यक्तिलाई सामान्य रुघाखोकी र ज्वरो आएको तर संक्रमण नभएको ग्राण्डी अस्पतालको भनाई ।

३.(राष्ट्रघातको आरोप)
नेपालको सुदुरपश्चिमको भारतसंगको स्ट्रिप नक्सा बनाउने मधुकर मास्केको टोलीमाथि छानविन गर्न राष्ट्रिसभा सदस्य इन्दु कडरीयाको माग /भारतीय पक्षसंग भारतकै होटलमा बसेर मास्केको टिमले नेपालको भूभाग भारतमा जाने गरि नक्सा तयार पारेको दाबी ।

४.(पर्यटनमा परेको असर)
कोरोना भाइरसका कारण पर्यटन व्यवसायमा परेको समस्याको जानकारी सरकारलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलको दिन पर्यटन व्यवसायीहरुलाई आग्रह /पर्यटन व्यवसायीहरुले तिर्नुपर्ने करमा ५० प्रतिशत छुट वा जरिवाना नलगाइदिन व्यसायीको माग।

५.(भाइ फुटे गवार लुटे)
नेतृत्वले गरेको फोहोर सफा गर्न सबै एकजुट भएर अगाडी बढ्नुपर्ने नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूह भेलाको निष्कर्ष/कांग्रेस राजनीतिक समाजमा ‘झिँगो’ स्वभावबाट अगाडी बढिरहेको टिप्पणी ।

६.(गगनको दनक)
पार्टी नेतृत्वका कृयाकलापले तोकिएको समयमा महाधिवेशन हुन नसक्ने कांग्रेस नेता गगन थापाको भनाई / महाधिवेशनको वातावरण बनाउन सभापति र महामन्त्री जिल्लामा खट्न नसकेको आरोप ।

७.(रेडक्रसको बदमासी)
नेपाल रेडक्रस सोसाइटीमा भएको भ्रष्टाचारका विषयमा प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिद्वारा छानबिन जारी / जेनेभा कन्भेन्सनले गरेको ब्यबस्थालाई नेपालले कानून बनाएर लागू गर्न नसक्दा संघ संस्थाहरुमा बेथिती बढेको उल्लेख ।

८.(……सको बाटो देखो)
धनुषामा घरेलु मदिरा पिउँदा मृत्यु भएका व्यक्तिको परिवारलाई प्रदेश २ सरकारले तीन/तीन लाख राहतस्वरुप प्रदान गर्ने /प्रदेशलाई चाडै ‘खुल्ला मदिरामुक्त प्रदेश’ घोषणा गर्ने मुख्यमन्त्री लालबावु राउतको भनाई ।

९.(राज्यको आभास)
म्याग्दीका असिना पीडित किसानलाई गण्डकी प्रदेश सरकारले एक करोड रुपैयाँभन्दा बढी राहत दिने /पाकेर भित्र्याउने बेला भएको खाद्यबाली असिनाले झारेपछि निराश भएका कृषकद्वारा सरकारको घोषणापछि राहत महसुस ।

१०.(डिभी रद्द)
डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू अमेरिकी दूतावासद्वारा रद्द /अत्यन्त जरूरी कामका लागि वा तुरुन्तै यात्रा गर्न आवश्यक भएमा आकस्मिक अपोइन्टमेन्टकालागि सम्पर्क गर्न अनुरोध ।

११.(आशै त हो ?)
मेलम्ची खानेपानी आयोजनाको मुहानस्थित मुख्य सुरुङमा पानी हालेर गरिएको सुरुङको परीक्षण सफल/यही रफ्तारमा काम भएमा असोज अगावै मेलम्चीको पानी काठमाडौं पुग्ने ।

१२.(अवसरवादी पम्पवालाहरु)
डिपोमा इन्धन पर्याप्त भएपनि पेट्रोल पम्पहरूले तेल बिक्री नगर्दा विराटनगरमा पनि पेट्रोलियम पदार्थको कृमित अभाव/विश्व बजारमा इन्धनको मूल्यमा गिरावट आएपछि आयल निगमले मुल्य समायोजन गर्ने तयारी गरेपछि व्यापारीहरूद्वारा पम्प बन्द ।

१३. (कलियुगका कपूत)
आफ्नै आमाबाबुको हत्यामा संलग्न कंचनपुरका २६ वर्षीय भरत भण्डारीलाई प्रहरीद्वारा पक्राउ / कान्छी आमासँगको विवाद र पारिवारीक लेनदेनका कारण भण्डारीद्वारा बुबा र कान्छी आमाको हत्या ।

१४.(बी डिभिजन लिग)
सहिद स्मारक ‘बी’ डिभिजन लिगमा खुमलटार युथ क्लबद्वारा सहज जित दर्ता /श्री कुमारी क्लब खुमलटार युथ क्लबसंग ३–१ गोल अन्तरले पराजित ।

Advertisement

र,
१५.(अत्याउँदो कोरोना)
कोरोना भाइरसको संक्रमण रोक्नका लागि अस्ट्रेलियाका तीन राज्यमा आपत्काल घोषणा /हालसम्म विश्वभर १४६ देशमा संक्रमण/ १ लाख ५३ हजार ६ सय ४८ संक्रमित /५ हजार ७ सय ४६ को मृत्यु ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top