खाडीमा कोरोनाको कहर : लक डाउनदेखि सार्वजनिक विदासम्म

४ चैत, काठमाडौं ।
विश्वब्यापी रुपमा महामारी बनेको कोरोनाको संक्रमणका कारण हरेक क्षेत्रमा नकारात्मक असर पर्न थालेको छ । नेपालीको वैदेशिक रोजगारको मुख्य गन्तब्य बनेको मलेसियामा अबको दुई हप्ता नेपालबाट जान नपाइने भएको छ ।

यसैगरी कतारले पनि त्यहाँ कार्यरत श्रमिकलाई डिपोर्ट गरेको छ । मलेसिया सरकारले कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रणका लागि मङ्गलबारदेखि चैत १८ गतेसम्म नेपालीसहित सबै विदेशी नागरिकलाई मलेसिया प्रवेशमा रोक लगाएको हो । कतारले यसअघि नै नेपालीसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ भने त्यहाँ कार्यरत केही श्रमिकलाई डिपोर्ट गरेको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।

मलेसिया सरकारले कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रणका लागि मङ्गलबारदेखि चैत १८ गतेसम्म नेपालीसहित सबै विदेशी नागरिकलाई मलेसिया प्रवेशमा रोक लगाएको हो । कोरोना भाइरसको सङ्क्रमणका कारण मलेसियाले सबै शैक्षिक संस्था बन्द गराएको छ भने खेलकुद, धार्मिक कार्यक्रम लगायत कुनै पनि किसिमका भेला गर्न रोक लगाएको छ । मलेसियामा अहिलेसम्म पाँच सय ६६ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । जसमध्ये ४२ जना उपचारपछि निको भएका छन् भने पाँच सय २४ जनाले उपचार गराइरहेको मलेसिया सरकारले जनाएको छ । मलेसियामा पाँच लाखभन्दा धेरै नेपाली रहेको सरकारी अनुमान छ । तर अहिलेसम्म मलेसियामा कार्यरत नेपाली श्रमिकमा भने कोरोनाको सङ्क्रमण देखिएको छैन । देशबाहिर रहेका मलेसियाका नागरिक भने स्वदेश फर्किन सक्नेछन् । तर त्यसरी फर्किएका मलेसियाका नागरिकले स्वास्थ्य परीक्षण गर्नुपर्नेछ ।

स्वास्थ्य परीक्षणबाट कोरोना नभेटिए पनि १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्न अनिवार्य गरिएको छ । यस्तै कोरोनाको संक्रमण बढ्दै जाँदा कतारमा कार्यरत नेपाली श्रमिकमा पनि त्रास बढ्दै गएको छ । क्याम्पहरुमा निगरानी बढाएको र कतिपय श्रमिकलाई डिपोर्ट गरिएको छ । नेपाली श्रमिकहरु पक्राउ परेको, नेपालीमा कोरोनाको सङ्क्रमणको खबरहरु बाहिर आए पनि अहिलेसम्म दूतावासमा आधिकारिक जानकारी नआएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । तर त्यहाँ कार्यरत श्रमिकलाई कोरोनाको त्राससँगै समस्या पनि बढ्दै गएको छ । सार्वजनिक बसदेखि होटल, रेस्टुरेन्टहरु बन्द छन् । यस्तो अवस्थामा भिडभाडमा जाँदा प्रहरीले पक्राउ गर्न सक्ने सम्भावना भएकाले भिडभाडमा नजान र सतर्कता अपनाउन दूतावासले आग्रह गरेको छ । कतारमा अहिलेसम्म चार सय ३९ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । जसमध्ये ४ जना उपचारपछि निको भएका छन् भने चार सय ३५ जनाले उपचार गराइरहेका छन।

यसैगरी कुवेत सरकारले सार्वजनिक क्षेत्रका श्रमिकलाई दुई हप्ताको बिदा दिएको छ । रेस्टुरेन्टदेखि शिक्षण संस्था बन्द गरेको छ भने गएको शुक्रबार रातिदेखि कुवेतले सबै व्यावसायिक उडान पनि बन्द गरेको छ । कुवेत सरकारले घरभित्रै पनि धेरै मानिस जम्मा भएर नबस्न आफ्ना नागरिकलाई अनुरोध गरेको छ । कुवेतले भिसा जारी गर्न पनि रोकेको छ । कुवेतमा अहिलेसम्म १ सय २३ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । जसमध्ये ९ जना उपचारपछि निको भएका छन् भने १ सय १४ जनाले उपचार गराइरहेका छन ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top