पेट्रोलमा कालोबजारी गर्ने तीन जना सप्तरीबाट पक्राउ

६ चैत, सप्तरी । सप्तरीको सुरुङगा नगरपालिका कुशहास्थित विभिन्न पसलमा बढी मूल्य लिई पेट्रोलमा कालोबजारी गर्ने तीन जनालाई पक्राउ गरिएको छ ।

Advertisement

नगरपालिकाको वडा नम्बर ५ कुशाहास्थित पसलमा अवैधरूपमा पेट्रोल प्रतिलिटर १२० रुपैयाँका दरले बिक्री वितरण गर्ने तीन जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक बाबुराम कार्कीले बताए।

पक्राउ पर्नेमा नगरपालिका–७ का ३७ वर्षीय अरुण चौधरी, ४० वर्षीय अली हसन र वडा नम्बर ५ का ३० वर्षीय तेजनारायण भगत रहेको प्रहरीले जनाएको छ।

Advertisement

पक्राउ परेका चौधरीको साथबाट १७ लिटर, हसनको साथबाट पाँच लिटर र भगतको साथ दुई लिटर अवैधरूपमा पेट्रोलमा कालोबजारी गरी बेचबिखन गरिरहेको अवस्थामा बरामद गरिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए।

पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कडरबोनामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । (रासस)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top