कोरोनाविरुद्ध के गर्देछ सरकार ? यसो भन्छन् सरकारका प्रवक्ता

६ चैत, काठमाडौँ ।
सरकारले कोरोना भाईरसको संक्रमणबाट मुलुक र नागरिकलाई सुरक्षित राख्ने गरी आवश्यक सर्तकता र पूर्व तयारीको अभियानमा लागेको स्पष्ट पारेको छ । कोरोना भाईरसबाट मुलुकलाई जोगाउन सरकारले गरेको पुर्व तयारीका बारेमा जानकारी दिन विहिबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डाक्टर युवराज खतिवडाले संक्रमणको जोखिम आउन नदिन सरकारले पुर्ण सर्तकता अपनाएको स्पष्ट पारेका हुन ।

सरकारले समयमै अपनाएको सर्तकताका कारण अहिलेसम्म कोरोना संक्रमणबाट नेपाल र नेपाली बच्न सफल भएको भन्दै उनले संभावित जोखिमको क्षेत्रमा थप प्रबन्ध गर्ने काम भईरहेको स्पष्ट पारे । उनले केही समयभित्रै संक्रमणको त्रास बाट मुक्त

हुने विश्वास पनि दिलाए ।उनले भने “कोरोना संक्रमणको विश्वपरिवेश र छिमेकीमुलुकको संक्रमणलाई नजिकबाट नियालिरहेका छौ । एउटाले खतरा मुुक्त भयौ भनेर घोषित नै गरेको अवस्था छ । र अर्को छिमेकीमुलुकले पनि अत्यन्तै धेरै सर्तकता अपनाएका कारणले त्यहाँ देखिएको संक्रमण सिमित व्यक्तिहरुमा नै केन्द्रीत रहेको छ र यसको फैलावटको क्रम त्यत्ति छिटो छैन । त्यसैले हामी छिटै यो सन्त्रासबाट मुक्त पाउँछौ र पर्यटन व्यवसाय फेरी आफ्नै लयमा फर्कने छ ।” उनले पूर्व तयारी स्वरुप आवश्यक आईसोलेसन बेड, उपकरण र स्वास्थ्यकर्मीको व्यवस्था गर्नुको साथै निजि क्षेत्रका चिकित्सक लगायत विभिन्न क्षेत्रसंग सहकार्य अघि बढाईएको बताए । मित्रराष्टले समेत विभिन्न उपकरणमा सहयोग गर्न थालेको र ती उपकरणहरु प्राप्त गर्न पनि थालिसकेको पनि उनले उल्लेख गरे ।

उनले तत्काल केही आन्तरिक आर्थिक क्षेत्रमा प्रभाव देखिएपनि समस्या समाधानमा सबै तहका सरकार एकजुट भएकाले सबै नागरिकलाई सुरक्षित राख्न सक्छौ भन्ने विश्वास सरकारले लिएको बताए । उनले भने “आन्तरिक आर्थिक क्रियाकलापहरु केही क्षेत्रबाहेक धेरै प्रभावित भईसकेका छैनन् । व्यापार क्षेत्र, निर्माण क्षेत्र, उद्योग क्षेत्र , वित्त क्षेत्र स्वभाविक रुपले अघि बढीरहदा केही सानातिना क्षेत्रहरुमा हामीलाई अलिकति असर परेको छ । विद्यालयहरु बन्द गरेका छौ । हिडडुल नगर भनेका छौ । सार्वजनिक स्थलहरुमा नजाउँ भनेका छौ । तर यसलाई हामीले दीर्घकालिन असर नपर्ने गरि व्यवस्थापन गरेर अघि बढ्नु पर्नेछ । संघ, प्रदेश र स्थानीतहसंगको सहकार्यलाई व्यवस्थित ढंगले अघि बढाएका छौ । तीनै तहको सहकार्य अहिले राम्रो विन्दुमा छ । त्यसैले गर्दा हामी सबै मिलेर यो समस्याबाट बच्न र सबै नागरिकलाई सुरक्षित अवस्थामा राख्न सक्छौ भन्ने लाग्छ ।”

उनले तत्काल पर्यटनक्षेत्रमा असर देखिएको र पर्यटन संग सम्बन्धित हवाई, होटल लगायत क्षेत्र प्रभावित भएपनि त्यसले समग्र अर्थतन्त्रमा असर पर्छ भनेर आकलन नगर्न आग्रह गरे । उनले भने “पर्यटनमा असर पर्यो त्यसका कारणले समग्र अर्थतन्त्रमा शिथिल हुन्छ भन्ने एउटा ठाडो अनुमान गरिरहेका छौ । कुल गार्हस्थ उत्पादनमा ३ प्रतिशतमात्रै योगदान रहने क्षेत्रमा परेको असरले समग्र अर्थतन्त्रमा पर्ने असरलाई पनि त्यसै अनुसार नै मापन गर्नुपर्छ । त्यो भन्दा बढी अनुमान गर्नु आवश्यक छैन । ” सिजनको समयमा प्रभावित भएको पर्यटन व्यवसायलाई अफसिजनमा छिमेकी मुलुकबाट पर्यटन ल्याएर पुरण गर्ने गरि सरकारले अफसिजन टुरिजमतर्फको रणनीति बनाउन थालेको पनि उनले स्पष्ट पारे ।

होटलमा कार्यरत अस्थायी कामदार र श्रमिकहरुको स्थितिमा देखिने प्रभाव कम गर्न श्रमिकहरुकै कल्याणकारी कोषहरुलाई परिचालन गर्ने तयारी पनि सरकारले गरेको उनले बताले । त्यसैगरी पर्यटन उद्योगलाई परेको ऋण सम्बन्धी समस्यालाई पुर्न ताजगी गर्नुको साथै कर भुक्तानीको समय सार्ने बारे पनि सरकारले छलफल गरिरहेको स्पष्ट पारे । उद्योगको प्रकृतिअनुसार सरकारले दिने राहत फरक पर्ने भएकाले त्यसबारे निर्णयमा पुग्न केही समय लाग्ने बताए । व्यक्ति स्वंयम र अन्यलाई पर्न सक्ने जोखिमलाई रोक्नकालागि बैदेशिक रोजगारीमा जाने र फर्कने दुवैलाई रोक लगाउनु परेको भन्दै उनले बैदेशिक रोेजगारीमा गएर फर्किएका र फेरी जाननपाएका इच्छुकहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत श्रम गर्ने व्यवस्था मिलाईने बताए ।

बैदेशिक रोजगारीमा जान रोक लगाएकै कारण बिप्रेषणमा प्रभाव नपर्ने दाबी उनले गरे । बिप्रेषणको वृद्धिदर लामो समय देखि उच्च रहदै आएको र वर्तमान अवस्थामा बैकसंग पर्याप्त तरलता रहेकाले मुद्रा र पूँजीबजारमा ठूलो वित्तिय समस्या पर्ने स्थिति नरहेको उनले बताए । उनले भने “खासगरी बिप्रेषणको रकम बैकिङ्ग प्रणालीमा आउने हो र बैकिङ्ग प्रणालीको तरतालाई त्यसले खास सहयोग पुर्याउने हो । अहिलेको स्थितिमा बैकिङ्ग प्रणालीमा तलरताको स्थिति सहज छ । बैकहरुसंग ६०÷७० अर्ब जतिथपलगानी रकम छदैछ । त्यसो हुनाले अहिले नै मुद्राबजार र पूँजीबजारमा कठोर स्थिति श्रृजना हुदैन ।”

उनले संभावित मुल्यवृद्धिलाई बढ्न नदिन आपुर्तिपक्षको व्यवस्थापन र कृत्रिम अभाव हुन नदिने तर्फ सरकार सचेत रहेर काम गरिरहेको स्पष्ट पारे । उनले अतिरिक्त मुल्यअसुल गर्न खोज्ने र कृत्रिम अभाव श्रृजना गर्नेलाई कानुनको दायरामा ल्याईने बताए । उनले रसुवागढी र तातोपानी नाकामा १४ दिनभन्दा बढी होल्डमा बसेका कन्टेनरलाई छुटाउने बारे सम्बन्धीत मन्त्रालयबीच छलफल भईरहेको स्पष्ट पारे । विश्व स्वास्थ्य संगठनको दक्षिण पुर्वी एशियाका निर्देशकले संक्रमण नेपाल लगायत दक्षिण पुर्वी एशियामा अलिकति संक्रमणको प्रभाव पर्न सक्छ भनेकाले र जोखिममा नराख्न अभिभावक र नागरिक समाजले पनि दबाब दिएका कारण एसईईको परीक्षा सारिएको स्पष्ट पारे ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top