पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट गराएको आरोपमा थप तीन जना पक्राउ

७ चैत, काठमाडौं । पूर्वमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित लोकन्थलीको घरमा बम विस्फोट गराएको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली स्थायी घर भएका लक्ष्मण सेठी र अमृत कुमाल तथा कालिकोटका अभिषेक गिरी भन्ने टेक लोहार रहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए ।

महानगरीय अपराध महाशाखाको टोलीले राजधानीको विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए ।

गत फागुन २८ गते पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट भएको थियो । सोही दिन विस्फोटमा संलग्न भएको आरोपमा प्रहरीले विप्लव समूहको भक्तपुर जिल्ला सदस्य रहेको देवी बहादुर गुरुङलाई पक्राउ गरेको थियो ।

बम बिस्फोटबाट बाँस्कोटाको घरमा रहेको एउटा मारुती कार पूर्ण क्षतिग्रस्त भएको थियो भने बाँस्कोटा निवाससँगै रहेका अन्य घरमा समेत क्षति भएको थियो ।

उक्त विस्फोट पछि घटनाको छानबिन हुनुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने दबाब बढेपछि प्रहरीले गंभीर रुपमा घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले प्रतिबन्धित बिप्लब समूहको घटनामा संलग्न रहेको देखिए पछि सोही समूहलाई लक्षित गरेर अनुसन्धानको दायरालाई साँघुरो बनाएको छ । (रासस)

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top