काठमाडौंमा कोरोनाको त्रास: बसको टिकट नै पाउन छाड्यो

७ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम बढेसँगै उपत्यका छाड्नेहरुको संख्या बढेको छ । कोभिड —१९ को जोखिम बढेसँगै सरकार विद्यालय तथा क्याम्पसहरु बन्द गर्ने निर्णय गरेको थियो ।

सरकारी निर्णयपछि विद्यालयहरु बन्द भएका छन् भने छाड्नेहरुको संख्या बढेको छ । काठमाडौंको गोंगबुमा रहेको नयाँ बसपार्क लगायत अन्य टिकट काउन्टरहरुमा शुक्रबार घर फर्कन टिकट लिनेहरुको भीड लागेको छ ।

बसपार्क र काउन्टरहरुमा दशैतिहारमा जस्तै टिकट काट्नेहरुको भिड छ । बालबालिकाहरुको अन्तिम परीक्षा सकिएको र सरकारले समेत एक महिनाका लागि विद्यालय तथा कलेजहरु बन्द गर्ने निर्णय गरिसकेको छ ।

लोक सेवा आयोग तथा विश्वविद्यालयहरुले लिने सम्पूर्ण परीक्षाहरु समेत स्थगित भएका छन् । विद्यालय बन्द र परीक्षाहरु समेत स्थगित भएपछि सर्वसाधारणहरु धमाधम उपत्यका छाड्न थालेका हुन् ।

बसपार्कमा टिकट लिने सर्वसाधारणहरुको संख्या बढेसँगै कतिले टिकट नै नपाएको गुनासो गरेका छन् । वैशाख ३ गतेसम्म रुट इजाजत खुला गरेपनि अहिले रिजर्भमा जाने बसहरुले महंगो भाडा लिइरहेको गुनासो सर्वसाधारणले गर्न थालेका छन् ।

यात्रुहरुबाट बढी रकम असुल गरिएपनि सम्बन्धित निकायबाट अनुगमन नै नभएको गुनासो यात्रुहरुले बताएका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top