८ चैत्र, काठमाडौं ।
नर्भिक हस्पिटलमा कोरोना भाइरसका बिरामी भेटिएको भन्दै फैलाएको भ्रामक खबरबारे हस्पिटलले आपत्ति जनाएको छ ।
शनिबार विज्ञप्ती जारी गर्दै नर्भिक इन्टरनेशनल हस्पिटलले यस्ता हल्ला भ्रामक, कपोलकल्पित एवम् झुट्टा रहेको स्पष्ट पारेको हो । नर्भिक अस्पतालमा कोरोना संक्रमित केही बिरामी भेटिएको र लुकाइएको भनी केही दिनदेखि सामाजिक सञ्जालमा पुरुषको आवाजमा रहेको भाइरल भइरहेको छ ।
कतिपयले त्यसलाई पत्याइ अन्य व्यक्तिमा सम्प्रेषण गरिरहेका छन् । हल्लाले व्यापक रुप लिएपछि नर्भिक हस्पिटलले खण्डन गरेको हो । हालसम्म नर्भिकमा कुनै पनि कोभिड १९ का बिरामी पत्ता लागेका छैनन्, यसमा हामी सबै निश्चिन्त र प्रष्ट हुनुपर्छ, विज्ञप्तीमा उल्लेख गरिएको छ ।
त्यस्ता अफवाह फैलाउने कार्य पूर्णतया सामाजिक अपराध हो, निन्दनीय हो र प्रचारक जोसुकै भए पनि सामाजिक कारवाही हुनुपर्ने नर्भिकले जनाएको छ । उक्त घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।