कांग्रेसको १४ औं महाधिवेशनको तयारी चैत मसान्तसम्म स्थगित

८ चैत ७६, शनिबार
Share this
751shares

८ चैत्र, काठमाडौं ।
नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको तयारी चैत मसान्तसम्मलाई स्थगित गरेको छ ।

Advertisement

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै चैत्र मसान्तसम्मलाई महाधिवेशनको तयारीका लागि सुरु गरिएका क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगन गरेको जनाएका छन् ।

प्रवक्ता शर्माले कोरोना भाइरसको सचेतना अभियानमा थप सकृय हुने विज्ञप्तिमा उल्लेख गरेका छन्। ‘१४ औं महाधिवेशनको तयारीसँग सम्बन्धित (क्रियाशील सदस्यता नवीकरण र वितरण एवं बाँकी समायोजन) कार्य जारी राखिएका थिए।

Advertisement

तर पछिल्लो समयमा अझ बढी जोखिमबाट थप सतर्कताका लागि चैत्र ९ देखि लागु हुनेगरि ती कार्य ०७६ चैत्र मसान्तसम्मका लागि स्थगित गरिएका छन्,’ शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

कांग्रेसले अब सहरदेखि गाउँसम्म, गाउँको टोल हुँदै घरघरसम्म कोरोना सचेतना अभियानमा पार्टीपंक्तिको क्रियाशीला भने सतर्कतापूर्वक विविध ढंगले जारी राख्ने शर्माले बताएका छन्।कोरोना भाइरसको जोखिम दृष्टिगत गरेर ठूला भेला र सम्मेलन कांग्रेसले यसअघिनै स्थगित गरेको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top