८ चैत, काठमाडौं ।
नेपाल सरकारले घोषणा गरेको प्रतिबन्ध उल्लंघन गर्दै विदेशी विमान कम्पनीले ६१ जना नेपालीलाई काठमाडौं ल्याएका छन् ।
थाइ एयरवेजले ४९ र एयर इण्डियाले १२ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यामएको अध्यागमन विभागले जनाएको छ ।
दुबई कतार लगायतका देशहरुमा रहेका नेपालीहरु अन्यत्र ट्रान्जिट बनाएर आएका हुन् ।यसअघि यसरी आउने विदेशी नागरिकहरुलाई फर्काउने गरिएको थियो ।
उनीहरुलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइनमा पठाइएको छ ।
स्वीकृति बेगर यात्रु ल्याएको आरोपमा नेपाल नागरिक उड्ययन प्राधिकरण र विमानस्थल व्यवस्थापनका पदाधिकारीसँग स्पष्टीकरण सोध्ने तयारी भइरहेको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए।