नेपालीलाई सामुहिक रूपमा घर फर्काउन लागेको खबर सत्य होइनः नेपाली दूतावास युएई

८ चैत ७६, आइतबार

९ चैत्र, काठमाडौं ।
युएईमा कार्यरत नेपालीहरुलाई सामुहिक रूपमा घर फर्काउन लागिएको समाचारको अबुधाबीस्थित नेपाली दूतावासले खण्डन गरेको छ।

शनिबार दिनभर केही अनलाईन तथा सामाजिक संजालहरुमा युएईमा रहेका कम्पनीहरुले नेपालीहरुलाई सामुहिक रूपमा घर फर्काउन लागेको खबर सार्वजनिक भएको थियो। नेपाली दूतावासलाई उदृत गर्दै सार्वजनिक गरिएको उक्त समाचारहरुमा सत्यता नभएको दूतावासले विज्ञप्ति मार्फत स्पष्ट पारेको छ।

युएईमा कोरोना भाईरसको प्रभाव तुलनात्मक रूपमा न्यून रहेको र यसको संक्रमण नियन्त्रणका लागि सरकारले अवलम्बन गरेका नीति तथा कार्यक्रमहरु प्रभावकारी रहेको जनाउँदै दूतावासले भ्रमात्मक समाचारहरु सम्प्रेषण नगर्न आग्रह गरेको छ।

Advertisement

दूतावासले युएईमा रहेका नेपालीहरुको हित र सुरक्षाका लागि स्थानीय प्रशासनसंग निरन्तर संपर्क गरिरहेको उल्लेख गर्दै कोरोना भाईरसको प्रकोप सम्बन्धी कुनै जिज्ञासा वा समस्या भएमा युएई सरकारका सम्बन्धित निकायहरू र नेपाली राजदूतावासमा सम्पर्क राख्न अनुरोध समेत गरेको छ।

युएईमा शनिबार साँझसम्ममा कोरोना संक्रमितहरुको संख्या १५३ पुगेको छ भने ३८ जना निको भईसकेको स्वास्थ तथा रोकथाम मन्त्रालयले जनाएको छ। साथै संक्रमित २ नेपालीको स्थिति पनि स्थिर रहेको बताईएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top