सावधानी र चेतना अभिवृद्धि गर्न प्रचण्डको अपील

८ चैत ७६, आइतबार

९ चैत्र, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना भाइरस (कोविड–१९) को संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न पार्टी पंक्ति र आम जनसमुदायमा अपील गरेका छन्।

विश्वव्यापी महामारीका रुपमा देखापरेको कोरोना भाइरसबाट बच्न दाहालले पार्टी र सरकारले लिएका नीतिगत र व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सम्बन्धित सबैमा आग्रह समेत गरेका छन्।

अध्यक्ष प्रचण्डले कोरोना भाइरसको संक्रमण रोक्ने तयारीका लागि आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउन आफ्नो पहल बढाउन सरकारसँग आग्रह गर्दै राष्ट्रिय एकता र उच्च मनोबलका साथ यसको सामना गर्न सबैमा अनुरोध गरेका छन्।

Advertisement

नेपालमा कोरोनाको संक्रमण हुन नदिन सरकारले सोमबारदेखि सार्वजनिक यातायतमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top