९ चैत्र, एजेन्सी ।
नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट एक युवकको ज्यान गएको छ ।
राजधानी पटनाको एम्स अस्पतालमा उपचार गराइरहेका ३८ वर्षीय युवकको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । कतारबाट फर्किएका ती व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पाइएको थियो । मिर्गौला फेल भएर उनको ज्यान गएको हो ।
योसँगै भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ६ जना पुगेको छ ।
यस्तै बिहारको एनएमसीएचमा अर्का एक जना कोरोना सङ्क्रमितलाई आइसोलेशनमा राखिएको छ । उनी केही समयअघि स्कटल्याण्डबाट फर्किएका थिए ।


