९ चैत्र, काठमाडौं ।
कोरोना संक्रमणको आशंकामा सुदूरपश्चिम प्रदेशसभाकी एक महिला सांसदलाई अस्पताल भर्ना गरिएको छ ।
उनको नाम भने सार्वजनिक गरिएको छैन् । रुघाखोकी र ज्वरो देखिएपछि उनलाई शुक्रबारदेखि सेती प्रादेशिक अस्पतालको आईसोलेसन वार्डमा भर्ना गरिएको छ । उनको नमुना संकलनका लागि काठमाडौं पठाइएपनि रिपोर्ट आइनसकेको बताइएको छ ।
अस्पताल र प्रहरी स्रोतले सासंद भर्ना भएको पुष्टि गरेको छ ।