१० चैत, काठमाडौँ ।
सरकारले भोलि मंगलबार बिहान ६ बजेदेखि देशभर लकडाउन गर्ने निर्णय गरेको छ । सोमबार बसेको उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोकत्वमा रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको हो ।
लक डाउनमा सबै हवाइसेवा बन्द हुनेछन् भने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावत रोकिनेछ। यसअघि सरकारले कोरोनाको जोखिम देखिए जुनसुकै बेला लकडाउनमा जान सकिने बताउँदै आएको थियो ।