निषेधाज्ञा उल्लंघन गर्ने ५० मोटरसाइकलसहित १० जना पक्राउ

१० चैत ७६, मंगलबार

११ चैत्र, कपिलवस्तु ।
कपिलवस्तुमा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा तोडेको आरोपमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि प्रशासनले मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेका थियो। निषेधाज्ञाको उल्लंघन गर्दै मोटरसाइलमा हिडका १० जनालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक दीप शमसेर जबराले बताए।

मयौदपुर, तौहिलवा, कृष्णनगर बहादुरगंज क्षेत्रबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। यस्तै नियम उल्लंघन गर्नै ५० बढी मोटरसाइकल समेत प्रहरीले नियन्त्रण्मा लिएको छ। प्रशासनले निषेधाज्ञा जारी गरे पनि कपिलवस्तुमा पूर्णरुपमा पालना भएको छैन।

Advertisement

बाटोमा हिँडडुल गर्ने, मोटरसाइकलमा हिडेर नियमको उल्लंघन गरिएपछि कडाइ गर्न सो कदम चालिएको प्रहरी नायब उपरिक्षक राणाले बताए। नियन्त्रण्मा लिएकाहरुलाई एक पटकका लागि छाड्ने तयारी भएको प्रहरी नायब उपरिक्षक सुनिल मल्लले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top