१२ चैत, काठमाडौँ । चीनमा संक्रमण दर कम हुँदै गए तापनि अन्य देशमा भने कोरोनाका कारण मृत्यु हुनेको संख्या झन् बढ्दै गएको छ। इटाली तथा इरानमा यसको संक्रमण अत्यन्तै वृद्धि भइरहेको अवस्था छ।
विश्वकै लागि ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसबाट विभिन्न देशका मन्त्री, प्रधानमन्त्री पत्नीदेखि खेलाडी, कलाकारलगायत पनि संक्रमित भएका छन्।
विश्वव्यापी आतंक मच्चाइरहेको कोरोना (कोभिड–१९) भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या १८ हजार ८८७ पुगेको छ ।