×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

कतार एयरवेजबाट आएका ५ जना क्वारेन्टाइनमा

१२ चैत्र २०७६

१२ चैत, महोत्तरी ।

गत शुक्रबार (चैत– ७ गते) कतार एवरवेजबाट आएका यात्रुमध्ये महोत्तरीका पाँच जना सम्पर्कमा आएका छन् । सो विमानबाट आउनेमा ११ जना जिल्लाका रहेकामध्ये पाँचजना सम्पर्कमा आएको र सबैलाई प्रारम्भिक स्वास्थ्यजाँचपछि क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

Advertisement
Advertisement

अन्य ६ जनाको खोजी भइरहेको जिल्ला प्रशासनले जनाएको छ । सम्पर्कमा आएका पाँचै जनाको अवस्था सामान्य छ । सोही विमानबाट आएकी एक युवतीमा कोभिड–१९ पुष्टि भएपछि अन्य यात्रीको खोजी तीव रुपमा थालिएको हो ।

यसैबीच बाहिरबाट घर फर्केकाहरुलाई राख्न धमाधम क्वारेन्टाइन तयार गरिएका छन् । जिल्ला सदरमुकाम जलेश्वरमा २०, पिपरामा १५ र बर्दिवासमा २४ शय्या तयार भएको प्रजिअ खत्रीको भनाइ छ । जिल्लाका १५ वटै स्थानीय तहमा क्वारेन्टाइन स्थापनाका लागि काम भइरहेका छन् । यसअघि भारतको कोलकाताबाट फर्केका पाँच जना पनि बर्दिवासमा आआफ्नै घरमा क्वारेन्टाइनमा रहेका छन् ।

Advertisement
Advertisement

जिल्लाका ११ भारतीय सीमा नाका गत आइतबार नै बन्द गरिएका छन् । त्यसै गरी बजार पनि बन्द गरिएका छन् । सरकारको ‘लकडाउन’ को पूर्ण परिपालनामा भने अझै समस्या छ । यसैबीच प्रदेश नं २ सरकारले ‘लकडाउन’को पूर्ण परिपालना गराउन नेपाली सेनासहित सुरक्षा संयन्त्र परिचालन गर्ने भएको छ ।रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top