१३ चैत, विराटनगर ।
प्रदेश १ का बिभिन्न स्थानहरुमा स्थापना गरिएका क्वारेन्टाईनमा कोरोना भाईरसको आशंका गरिएका १५२ जनाले स्वास्थ्यलाभ लिईरहेका छन् ।

बिहीबार बेलुका सम्ममा सो संख्यामा क्वारेन्टाईनमा रहनुका साथै अस्पतालको क्वारेन्टाईनमा १४ जनाको उपचार भईरहेको र होम क्वारेन्टाईनमा ७१ जनालाई राखिएको प्रदेश १ प्रहरी कार्यालयले जानकारी दिएको छ ।

नेपाल सरकारले चैत्र ११ गते देखि लागू हुने गरी जारी गरेको लक डाउनको समयमा बिहीबार मात्र लक डाउनको उल्लघंन गरी सवारी साधनचलाउने ५२ जनालाई नियन्त्रणमा लिईएको तथा ठूला साना गरी २२७ वटा सवारी साधनलाई नियन्त्रणमा लिईएको सो कार्यालयले जनाएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top