चीनबाट खरिद गरिएका ११ प्रकारका स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

१६ चैत, काठमाडौं । सरकारले चीनबाट खरिद गरेका ११ प्रकारका स्वास्थ्य सामग्री नेपाल आइपुगेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार पहिलो चरणमा सामग्रीहरू ल्याइएको हो ।

Advertisement

सरकारले चीनबाट ल्याएका स्वास्थ्य सामाग्रीहरुमा बिरामीको स्वास्थ्य परीक्षण गर्दा आँखाको सुरक्षाको लागि गगल्स प्रोटेक्टिभ ५ हजार थान रहेका छन् । क्लोरिन एनएडिसीसीलगायत ४ हजार, सुरक्षित खालको गाउन १० हजार, परीक्षण गर्दा लगाउने पञ्जा १ लाख जोडी छन् ।

त्यस्तै रेस्पिरेटर मास्कलगायत ५० हजार, इन्फ्रारेड थर्मोमिटर १ हजार थान, पोर्टेबल पिसिआर ५ वटा, पोर्टेबल पिसिआर रिया्जेन्ट किट(कम्बो) २० हजार थान, विभिन्न खालका पिसिआर रियाजेन्ट १० हजार रहेका छन्। भिटियाम १० हजार र कोभिड(१९) पत्ता लगाउने किट ७५ हजार थान रहेका छन्।

Advertisement

यी सबै सामग्री नेपाल सरकारले आफैंले किनेको हो भने चीनको सिचुवान प्रान्त, नेपालस्थित चिनियाँ दूतावास, ज्याक मा फाउन्डेसनले पनि अनुदानमा नेपाललाई कोरोनाको परीक्षण र उपचारमा प्रयोग हुने सामग्री दिएका छन् ।

सिचुवान प्रान्त र चिनियाँ राजदूतावासले दुई हजार थान एन ९५ मास्क र २४ हजार थान डिस्पोजल सर्जिकल मास्क, २० हजार थान डिस्पोजल मास्क, ५०० थान प्रोटेक्टिभ गगल्स, नन कन्ट्याक्ट इफ्रारेड थर्मो्मिटर १०० थान, इयर थर्मो्मिटर १०० थान, क्लोरिन फोस्फेट ट्याब्लेट ४ सय बक्स, प्रोटेक्टिभ क्लोथिङ ५३० थान,पोर्टेवल भेन्टिलेटर १ थान दिएको छ। सिचुवान प्रान्त र चिनियाँ राजदूतावासले १.१ टन मेडिकल सामग्री दिएको छ।

Advertisement

त्यसैगरी, चिनियाँ इन्जिनियरिङ कम्पनीले प्रोटेक्टिङ क्लोथिङ २०० थान, डिस्पोजल सर्जिकल मास्क २० हजार थान, प्रोटेक्टिभ गगल्स २०० सय थान,डिस्पोजल ग्लोब्स २ हजार थान दिएको छ। यसले ०.२ टन मेडिकल सामग्री दिएको छ।

यस्तै, सिचुवान ह्वान्सी ग्रुपले २० हजार थान डिस्पोजल सर्जिकल मास्क दिएको छ। उक्त सामग्री ० दशमलव ११ टनको छ । होङ्सी सिमेन्ट कम्पनी लिमिटेडले एक हजार थान प्रोटेक्टिभ क्लोथिङ र टेष्टिङ किट ३ हजार थान दिएको छ । उक्त सामग्री ० दशमलव २ टनको छ ।

यसैगरी, ज्याक मा फाउन्डेसनले अलिबाबा फाउन्डेसनका संस्थापक ज्याक माले एक लाख बढी एन ९५ मास्क, २० हजार ६४ वटा टेष्टिङ किट दिएका छन्। उनले १ दशमलव ४ टन मेडिकल सामग्री दिएका छन्। सबै सामग्री दुई टन बढी रहेको छ । चिनियाँ सरकार र ज्याक मा फाउन्डेसनले दिएको सामग्री नेपाल सरकारलाई प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top