भारतमा कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुग्यो, नौ सय ७९ संक्रमित

१६ चैत, एजेन्सी । भारतमा कोरोनाभाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

Advertisement

आइतबारसम्म यसको संक्रमणबाट २५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेको संख्या बढेसँगै संक्रमित बिरामीहरू पनि बढ्दै गएका छन् । आइतबारसम्म कोरोना संक्रमित बिरामीको संख्या नौ सय ७९ पुगेको छ । तीमध्ये नौ सय ३१ जना भारतीय नागरिक र अन्य ४८ विदेशी रहेको बताइएको छ।

संक्रमणपछि अस्पताल भर्ना गरिएका ८७ जना उपचारपछि घर फर्किसकेका छन्। महाराष्ट्र प्रदेशमा सबभन्दा धेरै संक्रमित बिरामी छन्। मन्त्रालयका अनुसार त्यहाँ एक सय ८६ जना र केरलामा एक सय ८२ बिरामी रहेका छन्। महाराष्ट्रमा अहिलेसम्म ६ जनाले ज्यान गुमाएका छन्।

Advertisement

त्यस्तै, गुजरातमा चार जनाले गुमाएका हुन्। शनिबार रातिसम्म भारतमा कोरोना संक्रमित बिरामीहरूको संख्या नौ सय १८ थियो भने बिहान नौ सय ७९ पुगेको हो। भारतमा अहिले कोरोनाभाइरसको रोकथामका लागि २१ दिने लकडाउन जारी छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top