लकडाउनका कारण जनतामा पर्न गएको असुविधाप्रति प्रधानमन्त्री मोदीले मागे माफी

१६ चैत, एजेन्सी । कोरोना भाइरस रोकथामका लागि भारत सरकारले गरेको लकडाउन घोषणाका कारण आमजनतामा पर्न गएको असुविधाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले ‘कडा निर्णय’ गर्नु परेको भन्दै जनतासँग माफी मागेका छन् ।

लकडाउन गरिएसँगै भारतका विभिन्न ठाउँमा हजारौं आप्रवासी कामदार तथा मजदुरहरु अलपत्र परेका छन् । सयौँ किलोमिटरसम्म भोकभोकै पैदल यात्रा गर्नु परेको छ ।

‘मैले लिनु परेको केही कठिन निर्णयले गर्दा आम जनतामा पर्न गएको असुविधाका लागि म राष्ट्रसँग माफी माग्दछु । तर तपाईँहरुको रक्षाको लागि मैले यस्तो निर्णय लिनुपर्ने थियो,’ प्रधानमन्त्री मोदीले भनेका छन् ।

मोदीले आफ्नो मासिक रेडियो सम्बोधन ‘मन की बात’ मा यस्तो बताएका हुन् । दुई सातादेखि भारतमा लकडाउन छ । दोस्रो पटक सरकारले २१ दिनको लागि लकडाउन घोषणा गरेको हो ।

सरकारी घोषणासँगै हजारौँ कामदार तथा कामका लागि सहरमा बस्दैआएका गाउँका मजदुरहर हतारमा घर फर्किन बाध्य भएका हुन् । यातायात बन्द हुँदा उनीहरु अलपत्र परेका हुन् ।

भारतीय सञ्चार माध्यमका अनुसार शनिबार मात्रै ३८ वर्षीय एकजना दिल्लीबाट २ सय किलोमिटरको बाटो मध्यप्रदेशतर्फ पैदल हिँड्दै गर्दा हृदयघातका कारण बाटोमै मृत्यु भएको थियो ।

उनले उत्तर प्रदेश नजिकै आग्रा सहर नजिकै आफ्नो गन्तव्य पुग्न ८० किलोमिटर बाँकी छँदा बाटो बिराएका थिए । प्रधानमन्त्रीले भने लकडाउन उल्लंघन गर्नु भनेको आफ्नै जीवनसँग खेलवाड गर्नु भएको भन्दै आदेश दिएका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top