×

NEPAL TIMES UPDATES

Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026

कोरोनाविरुद्ध भक्तपुरका युवा जनचेतना फैलाउँदै

१८ चैत्र २०७६

१८ चैत, काठमाडौं । महामारीको रुपमा विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचारमा स्वयं चिकित्सक नै डराईरहेका बेला भक्तपुरका केही युवा भने जनचेतना फैलाउने काममा सक्रिय भएका छन् ।

आर एन ए १६ समूहका युवाहरु कोरोना संक्रमणबाट बच्ने उपाय सिकाउनुको साथै कोरोना संक्रमणको जस्तै लक्षण देखिएका व्यक्तिको उद्धार र सहयोगमा जुटेका छन् । भक्तपुर नगरपालिकाका अरुण सैंजू, राजेश गाइजू, न्हुज किजू, दीप थकू र पुनम कर्मचार्यको दिनचर्या भक्तपुर अस्पताल परिसरमा टाँगिएको त्रिपालमा वित्ने गरेको छ । उनीहरु २४ सै घण्टा त्यहीं बसेर सेवा दिदैं आएका छन् ।

Advertisement
Advertisement

भक्तपुर अस्पताल, नेपाल प्रहरी र नेपाली सेनाको सहकार्यमा आफूहरु कोरोना भाइरसका शंकास्पद संक्रमितको सहयोगमा खटिएको अरुण सैंजुले बताए । कोरोनाको जस्तै लक्षण देखिएका व्यक्तिको घरसम्म पुगेर उनीहरुलाई अस्पताल पु¥याउने, यात्रा विवरण बटुल्ने, परीक्षणका लागि स्वाव प्रयोगशालासम्म पुर्याइदिने काममा नै उनीहरुले दिन विताउने गरेका छन् । पेशाले शिक्षक राजेश गाईजु लकडाउन सुरुभएदेखि नै आर एन ए १६ समुहमा आवद्ध भई कोरोना विरुद्धको लडाईमा लागेका हुन् ।

यस्तै समूहमा काम गर्दै आएका अर्का कोरोना विरुद्दका अभियन्ता न्हुज किजुको काम कोरोनाको शंका देखिएका बिरामीको स्वाब परीक्षणका लागि काठमाडौंको टेकुअस्पताल पुग्ने रहेको छ । अहिले पनि ६ जना विरामीको स्वाब परीक्षणका लागि टेकु जाँदै गरेको बताउँदै उनले भने “लक डाउनमा घरमा बस्न मन त थियो तर घरमा बस्दाको भन्दा यहाँ स्वयम सेवा गर्नुको मज्जा नै अलग छ । आफू मात्र बाँचेर भन्दा पनि अरुलाई पनि बचाउनु पर्छ भन्ने भावका साथ २४ सैं घण्टा खटिएको छु ।” यस्तै अर्का अभियन्ता राजेश गाइजुले विदेशबाट आएको र काठमाण्डौ बाहिरबाट आएका ब्यक्तिको ट्राभल हिस्ट्री लिने आवश्यक परामर्श दिनेकाम पनि गरिरहेको बताए ।

पेशाले नर्स पुनम कर्माचार्यले टोलीको कम्युनिकेसन संयोजनको रुपमा काम गरेकी छन् । भक्तपुर अस्पताल परिसरमा रहेको त्रिपालमुनि बसेर उनले सबै कामको तालमेल मिलाउने गर्छिन् । हाल सम्म उनीहरुको समूहले २३ जना विरामीको नमुना प्रयोगशाला पुञ्याएको छ । ती मध्ये ११ वटा नमुनाको रिपोर्ट नेगेटिभ आईसकेको छ र बाँकीको आउन बाकी छ । उनीहरु सरकारबाट व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) लगाएर स्वयंसेवामा खटिएका हुन् ।

Advertisement

उनीहरुले भक्तपुर अस्पताल परिसरमा तीनवटा टेन्ट बनाएका छन् । तीमध्ये एउटा आफूहरु बस्ने, अर्काेमा स्वदेशमै रहेका सम्भावित संक्रमितलाई उपचारका लागि राख्ने र तेस्रोमा विदेशबाट फर्केका सम्भावित संक्रमितलाई राख्ने व्यवस्था गरिएको छ । भक्तपुरमा उद्दारकर्मीको पर्यावाचीको रुपमा चिनिदै आएका अरुण सैंजुको नेतृत्वमा सो समूहले बाढी पहिरो तथा विभिन्न प्राकृतिक विपत्तीको समयमा पनि उद्दारको काम गर्दै आएको थियो । यो समुहले समय अनुसार विभिन्न प्रकोपबाट बच्ने उपायबारे विद्यालय एवं गाउँ गाउँमा प्रशिक्षण समेत दिदै आएको छ ।

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top