लकडाउनमा काठमाडौंमा सवारी पासको दुरुपयोग बढ्दो

१८ चैत, काठमाडौं । काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा लकडाउनमा सवारी साधन सञ्चालनका लागि पास वितरण गर्ने नाममा भद्धा मजाक देखिएको छ ।

काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा मंगलबार पास लिन आउनेहरुको भीड अस्वभाविक देखियो । अस्तव्यस्त पनि त्यस्तै । पहिलो चरणको लकडाउन अवधि भर संञ्चालन गर्न दिईएको पासको अवधि सकिएकाले पनि मंगलबार पास लिन आउनेहरुको भीड बढेको हो । तर न्युनतम सामाजिक दुरी कायम गराउने सवालमा भने प्रशासनले पहल गरेको देखिएन ।

Advertisement

प्रशासन बाट खटिएका अधिकारीले झुण्डको रुपमा भेला भएकाहरुलाई नाम बोलाउदै पास वितरण गरेको देखिन्थ्यो । लक डाउनको समयमा अत्यावश्यक क्षेत्रका कर्मचारी र सवारीसाधनलाई आवागमन सहज पार्न भन्दै सरकारले क्षेत्र अनुसार पास वितरण गर्ने निकाय तोकेपछि पास लिनेहरुको भीड ह्वात्तै बढेको हो ।

जिल्ला प्रशासन कार्यालयले आकस्मिक सवारी पास मात्रै दिने भनिएपनि विभिन्न क्षेत्रका व्यक्तिहरु पनि पास लिन कार्यालय पुगेका देखिन्थे । बैक तथा वित्तीय संस्थाका कर्मचारीका लागि नेपाल राष्ट्र बैकले, राष्ट्रसेवक कर्मचारीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयल र खाद्य वस्तु लगायत दैनिक उपभोग्य वस्तुहरु ढुवानी वा आपूर्ति गर्ने फार्म तथा प्रतिष्ठानहरुका लागि वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागबाट सवारी पास वितरण गर्ने व्यवस्था मिलाएपछि तुलनात्मक रुपमा सवारी साधन पास लिने र सञ्चालन गर्नेहरुको भीड सडकमा बढेको छ ।

लकडाउन भनेको औषधि उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाट ननिस्कन व्यवहारीक रुपमा सरकारबाट भएको आदेश हो । तर पहुँचका आधारमा पास लिने तथा विना पास सवारी साधन लिएर सडकमा आउनेहरुको संख्या पनि उत्तिकै बढीरहदा लकडाउनको प्रभावकारीता माथि नै प्रश्न उब्जिएको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top