बहराइनमा एकैपटक ९ जना नेपाली कामदारमा कोरोना संक्रमण

२१ चैत ७६, शनिबार

२२ चैत्र, काठमाडौँ ।
बहराइनमा एकैपटक ९ जना नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

यसअघि बहराइनमा ३ जना नेपालीमा कोरोना देखिएको थियो । बहराइनस्थित नेपाली दूतावासका अनुसार एउटै क्याम्पमा बसेका कामदारमा कोरोना पोजिटिभ देखिएको हो । बहराइनको सल्मावादस्थित एक क्याम्पमा कार्यरत विदेशी कामदारलाई कोरोना देखिएको थियो ।

त्यो क्याम्पमा नेपाली सहित ४ सय जना बस्दै आएका थिए । सबैलाई क्याम्पमै क्वारेन्टाइनमा राखिएको हो’, बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले भने, ‘स्वास्थ्य परीक्षणको क्रममा ९ जना नेपालीलाई पोजिटिभ देखिएको हो ।’

Advertisement

उनीहरुको अवस्था स्थिर छ । त्यस क्याम्पमा अझै कति नेपाली छन् भन्ने खुलेको छैन । बहराइनको स्वास्थ्य मन्त्रालय अनुसार शुक्रबारसम्म १२ नेपाली सहित २ सय ८६ जनाको उपचार भइरहेको छ । ३ सय ८२ जना भने निको भएर अस्पतालबाट घर वा क्याम्प फर्किसकेका छन् ।

४ जनाको मृत्यु भएको छ । हालसम्म ३७ हजार ९ सय ९६ जनाको स्वास्थ्य परीक्षण भइसकेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top