लकडाउनको समयमा १३१० सवारीसहित ६ जना मोरङ प्रहरीको नियन्त्रणमा

२२ चैत्र, विराटनगर ।
मोरङबाट लकडाउनको उल्लंघन गर्ने १३ सय १० सवारी साधनलाई कारवाही गरिएको छ ।

दशदिन देखिजारी रहेको लकडाउनको समयमा सवारी चलाएको आरोपमा ती सवारी प्रहरीले नियन्त्रणमा लिएको हो । यस अवधिमा ६ जना मानिसलाई समेत नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।

लकडाउनको उलंघन गरी सवारी साधन चलाउने ६ जना मानिस सहित मोटरसाईकल ८ सय ६७, स्कुटी ५७, कार र जीप २२, सिटीरिक्सा ४१, र साईकल २ सय ८४, ट्रक २५, ट्रयाक्टर १४ वटा गरी जम्मा १३ सय १० वटा सवारी साधन नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

त्यस्तै क्वाराटाईनमा महिला १० जना र पुरूष १ सय ४० जना गरी १५० जनालाई राखिएको मोरङ प्रहरीले जनाएको छ ।

Scroll to Top