खरिपाटी क्वारेन्टाइनबाट ७३ जना नेपालीलाई कोरोना परीक्षण नेगेटिभ आएपछि घर पठाइयो

२४ चैत, भक्तपुर । भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइनमा रहेका ७३ जना नेपालीलाई कोरोनाभाइरसको परीक्षणको नतिजा नेगेटिभ आएपछि घर पठाइएको छ ।

उनीहरूलाई सोमबार घर पठाइएको नेपाली सेनाका प्रमुख सेनानी शिवप्रसाद पौडेलले जानकारी दिएका हुन् । ७३ जनामध्ये २६ जना उपत्यकाभित्र र बाँकी सबै उपत्यका बाहिरका छन् । जसमा झापा, नेपालगञ्ज, पोखरा र पाँचखालसम्मका छन् । उनीहरूलाई चार वटा बसमा सम्बन्धित जिल्ला पठाइएको छ ।

उपत्यकाभित्रकालाई भने नेपाली सेनाको दुइटा बसबाट घर नजिकसम्म पुर्याइएको छ। अब क्वारेन्टाइनमा अझै २१ जना छन् । उनीहरूको पनि कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ तर क्वारेन्टाइन अवधि नपुगेकोले उनीहरूलाई भने घर नपठाइएको पौडेलले बताए ।

Advertisement

आइतबार आएको परीक्षणको नतिजामा क्वारेन्टाइनमा रहेका ९४ जनाकै नेगेटिभ आएको थियो । यसअघि पनि चीनको वुहानबाट १ सय ७५ नेपालीलाई यहीँ क्वारेन्टाइनमा राखिएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top