वैशाख र जेठका लागि तय भएका सबै परीक्षा त्रिविद्वारा स्थगित

२८ चैत, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले वैशाख र जेठका लागि तय भएका सबै परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ ।

Advertisement

बिहीबार बसेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकको निर्णयअनुरुप वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ साल वैशाख र जेठका लागि तय भएका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस(कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरिएको विश्वविद्यालयद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ । वार्षिक परीक्षा प्रणालीअनुरुप २०७७ साल वैशाख र जेठमा सञ्चालन गरिने विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षाशास्त्र संकाय तर्फका ४ वर्षे बीएस्सी, बीबीएस, र बीएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा स्थगित गरिएको हो ।

Advertisement

त्यस्तै पोस्ट ग्राजुएट डिप्लोमा इन काउन्सिलिङ साइकोलोजी, स्कुल साइकोलोजी र पोस्ट ग्राजुएट इन वुमन स्टडिजको पूरा तथा आंशिक परीक्षा पनि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको विश्वविद्यालयले जानकारी दिएको छ।

यसअघि विश्वविद्यालयले चैत महिनाका लागि तय भएका सबै परीक्षा स्थगित गरिसकेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top