प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच टेलिफोनः कोरोनाविरूद्धको सहकार्यलाई अझ सशक्त बनाउने सहमति

२८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार टेलिफोनमार्फत कुराकानी भएको छ ।कुराकानीमा ओलीले कोरोना भाइरस विरूद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा सहमति भएको जानकारी दिएका छन् ।

आज मैले भारतका प्रधानमन्त्री श्री नेरन्द्र मोदीजीसँग टेलिफोन संवाद गरें। कोरोना भाइरसका विरूद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं। लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ(आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं,’ प्रधानमन्त्री ओलीले ट्वीटमा लेखेका छन्, ‘आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न छलफल भयो। भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगको लागि मैले धन्यवाद दिएँ।’

मोदीले ओलीसँग विश्वमा कोरोना भाइरस (कोभिड(१९) का कारण सिर्जित विषम परिस्थितीबारे छलफल भएको बताएका छन् । ट्वीटमा उनले लेखेका छन्, ‘यो चुनौतीसँग जुध्न नेपाली जनताले देखाएको दृढताको प्रशंसा गरे । कोभिड(१९ विरूद्धको साझा लडाइँमा हामी नेपालसँगै छौं ।’ ‍

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top