शिक्षक सेवा आयोगको परीक्षा स्थगित गर्न अखिल क्रन्तिकारीको माग

१४ चैत ७४, बुधबार

काठमाडौं, चैत १४
सत्तारुढ माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले आगामी २३ गते निर्धारित शिक्षक सेवा आयोगको परीक्षा स्थगित गर्न माग गरेको छ । शिक्षा शास्त्र संकायको सानोठिमी क्याम्पसमा अखिल क्रान्तिकारीले खुल्ला विरोध सभा गर्दै परिक्षा स्थगित गर्न माग गरेको हो ।

Advertisement

सभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले शिक्षकको लाइसेन्स लिएका लाखौं विद्यार्थीलाई प्रतिस्पर्धावाट वञ्चित गरिए शिक्षा क्षेत्रमा भयावह स्थिति आउने चेतावनी दिए ।

उनले शिक्षा ऐनको नवौं संशोधन खारेजीको माग गरिरहेको वेला त्यही आधारमा आउँदो २३ गते जबरजस्ती परिक्षा गर्न खोजिए परीक्षा विथोल्ने चेतावनी दिए । बस्नेतले माइतीघर मण्डलामा आमरण अनसन बसेका शिक्षाशास्त्र संकायका विद्यार्थीको न्यायपूर्ण माग तत्काल पूरा गर्न शिक्षा मन्त्रालयसँग माग गरे ।

Advertisement

विरोध कार्यक्रममा सानोठिमी क्याम्पसका स्ववियु सभापति रमेश खड्का र क्रान्तिकारीका क्याम्पस कमिटी अध्यक्ष प्रकाश केसीले शिक्षा ऐनको नवौं संशोधन खारेज नहुँदासम्म आन्दोलन जारी राख्ने बताए ।

मंगलबार प्रमुख तीन विद्यार्थी संगठनले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई परिक्षा स्थगित गराउन माग गरेका थिए । लगत्तै शिक्षा मन्त्री पोखरेलले शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेका थिए ।

Advertisement

अस्थायी शिक्षकहरु परीक्षा स्थगित गराउन माग गर्दै र विद्यार्थीहरु खुला आरक्षण २५ प्रतिशत मात्रै निर्धारण गरीएकोमा विरोध जनाउँदै छुट्टा छुट्टै स्थानमा आमरण अनसन बसेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top