निजी विद्यालयलाई चैत महिनाको शुल्क छुट गर्न निर्देशन

२८ चैत ७६, शनिबार

२९ चैत्र, काठमाडौँ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले चैत महिनाको शिक्षण शुल्क छुट गर्न निजी विद्यालयहरुलाई निर्देशन दिएको छ ।

कक्षा १२ सम्मको एक महिनाको आवास बाहेकको अन्य सबै शुल्क मिनाह गर्न केन्द्रले पत्राचार गरेको हो ।  ७ सय ५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै केन्द्रले चैत महिना भित्र शुल्क मिनाह गरेर प्रतिवेदन पेस गर्न तोकेता गरेको छ ।

कोभिड–१९ भाइरसको संक्रमणका कारण चैत पहिलो सातादेखि नै मुलुकभरका विद्यालय बन्द छन् । केन्द्रका निर्देशक गेहनाथ गौतमले स्थानीय तहअन्तर्गत शिक्षा शाखा तथा विभागलाई शुल्क मिनाह कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले निजी विद्यालयले माध्यमिक तहसम्मको एक महिनाको शुल्क मध्ये आवास शुल्क बाहेक अन्य सबै प्रकारको शुल्क छुट दिने निर्णय गरेको थियो । प्याब्सन, एनप्याब्सन र हिसानसँग समन्वय गरेर शुल्क छुट गर्न निर्देशन दिइएको छ ।

अभिभावकहरुले भने केहि निजी विद्यालयहरुले चैत महिनाको शुल्क यसअघि नै लिइसकेको गुनासो गरेका छन् । स्कुलहरु पनि लकडाउनमा रहेकाले सहज परिस्थिति आएपछि मात्रै यस विषयमा छलफल गर्न उपयुक्त हुने प्याब्सनका वरिष्ठ उपाध्यक्ष डिके ढुङ्गानाले बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top