एनआरएनएले ४ हजार टेष्ट किटसहित स्वास्थ्य सामग्री नेपाल सरकारलाई बुझायो

२९ चैत ७६, शनिबार
Share this
676shares

२९ चैत्र, काठमाडौं ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ४ हजार टेष्ट किटसहित स्वास्थ्य सामग्री नेपाल सरकारलाई बुझाएको छ।

Advertisement

एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार संघको दक्षिण कोरिया शाखाले संकलन गरेको सो सामग्री नेपाल सरकारलाई सहयोगस्वरुप शुक्रवार हस्तान्तरण गरिएको छ।

एनआरएनए दक्षिण कोरियाले खरिद गरेका ४ हजार टेस्ट किट र ५ सय वटा स्वास्थ्यकर्मीले लगाउने विशेष सुरक्षा उपकरण (पीपीई) नेपाल पठाएको हो। ती सामग्री अगामी हप्तासम्म नेपाल सरकारमार्फत स्वास्थ्य केन्द्रमा पुग्ने संघले जनाएको छ।

Advertisement

एउटा किटबाट १० जनाको परीक्षण गर्न मिल्ने भएकाले ४० हजार नमुना परीक्षण गर्न सकिने र टेष्ट गरेको ३ घण्टामै नतिजा दिने सामग्री ल्याइएको संघले जनाएको छ।

यस्तै गैरआवासीय नेपाली संघ चीनको पहलमा ५ सय ५० वटा आईआर थर्मोमिटर, २० हजार वटा पीपीई सेट, १७ हजार ४ सय केएन ९५ मास्क, ४७ हजार डिस्पोजेबल मास्क र ४० लाख पञ्जा शनिबार काठमाडौं पुग्ने जनाकारी अध्यक्ष पन्तले दिए।

Advertisement

‘एक नेपाली एक हेल्थ किट अभियान’ अन्तर्गत संकलित रकमबाट कोरोना संक्रमण भए नभएको चेक गर्ने प्रभाबकारी हेल्थ किट किनेर पठाउने निर्णय बमोजिम ती सामग्री नेपालको लागि कार्गो गरिएको एनआरएनए कोरियाले जनाएको छ।

दक्षिण कोरियामा एनआरएनए र स्वतन्त्र अभियन्ताले तीन दिनसम्म सञ्चालन गरेको राहत संकलन अभियानबाट करिव एक करोड ४० लाख नेपाली रकम जम्मा भएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top