×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

नेपालसहित दक्षिण एसियाली मुलुकको अर्थतन्त्र ४० वर्षयताकै कमजोर हुने विश्व बैंकको आंकलन

३० चैत्र २०७६

३० चैत, काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालसहित दक्षिण एसियाली मुलुकको अर्थतन्त्र ४० वर्षयताकै कमजोर हुने विश्व बैंकले आंकलन गरेको छ ।

बैंकले अर्धवार्षिक रुपमा सार्वजनिक गर्ने साउथ एसिया इकोनोमिक फोकस नामक प्रतिवेदनमा सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर १ दशमलव ५ देखि २ दशमलव ८ प्रतिशत मात्रै बढ्ने उल्लेख छ जुन सरकारले तय गरेको आर्थिक वृद्धिको लक्ष्यभन्दा निकै कम हो । सरकारले यस वर्ष ८ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको थियो । कोरोना प्रभावका कारण यो वृद्धि हाँसिल नहुने अर्थ मन्त्रालय आफैंले स्विकारिसकेको छ ।

Advertisement
Advertisement

गत साता एसियाली विकास बैंक (एडीबी)ले सन् २०२० मा नेपालको अर्थतन्त्र ५ दशमलव ३ प्रतिशतले मात्रै बढ्ने आँकलन गरेको थियो । विश्व बैंकको प्रतिवेदनले एडीबीले गरेको प्रक्षेपणभन्दा कम आर्थिक वृद्धिदर हाँसिल हुने अनुमान गरेको छ ।

लामो समयसम्म कोभिड–१९ को प्रभाव रहे आर्थिक वृद्धिदरमा थप कमी आउने विश्व बैंकको प्रक्षेपण छ । कोरोना प्रभाव रहिरहे आगामी वर्ष सन् २०२१ मा पनि अर्थतन्त्र प्रभावित हुने र सन् २०२२ देखि सुधार देखिने विश्व बैंकको अनुमान छ ।

नेपाल मात्रै नभएर दक्षिण एसियाका आठ वटै मुलुकको अर्थतन्त्र कोरोनाका कारण प्रभावित हुने विश्व बैंकको प्रतिवेदनमा जनाइएको छ । सन् २०२० मा दक्षिण एसियाली मुलुकहरूको औसत आर्थिक वृद्धिदर १ दशमलव ८ देखि २ दशमलव ८ प्रतिशत मात्रै बढ्नेछ जुन ६ महिनाअघि विश्व बैंकले गरेको प्रक्षेपणभन्दा निकै कम हो । विश्व बैंकले ६ महिनाअघि दक्षिण एसियाली मुलुकले सन् २०२० मा औसत ६ दशमलव ३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको थियो।

यो वृद्धिदर दक्षिण एसियाली मुलुकहरूका लागि ४० वर्षयताकै न्यून हो। कोरोना भाइरसको प्रभाव लम्बिएर योभन्दा खराब अवस्था आइपुगे यो क्षेत्रको वृद्धिदर नकारात्मक हुने विश्व बैंकको आकलन छ।

Advertisement

आगामी वर्ष सन् २०२१ मा पनि दक्षिण एसियाली मुलुकको आर्थिक वृद्धिदर ३ दशमलव १ देखि ४ प्रतिशत मात्रै बढ्ने विश्व बैंकको अनुमान छ। यसअघि बैंकले २०२१ मा दक्षिण एसियाली मुलुकहरूको औसत आर्थिक वृद्धिदर ६ दशमलव ७ प्रतिशत हुने अनुमान गरेको थियो।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top