पर्सामा संक्रमित पुगेको स्थान र व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरिँदै

३० चैत, काठमाडौं। स्वास्थ्य मन्त्रालयले पर्साको वीरगन्ज महानगरपालिका-२, छपकैयास्थित मस्जिदमा बसिरहेका कोरोना देखिएका तीनजनाको सम्पर्कमा रहेका व्यक्तिहरु तथा उनीहरु गएको स्थानको पहिचान गरी कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको बताएको छ ।

Advertisement

मन्त्रालयले केहीबेरअघि विज्ञप्ति जारी गर्दै कोरोना पुष्टि भएकाहरु ३७, ५५ र ४४ वर्षका पुरुष रहेको पनि उल्लेख गरेको छ। मस्जिदमा बसिरहेका २१ जनाको स्वाब नमुना हेटौंडामा गरिएको परीक्षण गर्दा तीनजनामा पोजेटिभ देखिएको र शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि परीक्षण गर्दा पोजेटिभ पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ।

उनीहरुलाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ भने उनीहरुसँगै रहेका अन्यलाई क्वारेन्टाइनमा राखिएको छ।

Advertisement

यी तीनैजना भारतीय नागरिक हुन्। उनीहरुले आफूहरु चार महिनाअघि नेपाल प्रवेश गरेको दावी गरेका छन् भने स्थानीयले १० दिन पहिले मस्जिदमा आएको बताएका छन्।

तीनवटा नयाँ संक्रमण भेटिएसँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या १२ पुगेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top