पाटन अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना संक्रमण पुष्टि

पाटन अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना संक्रमण पुष्टि

 २ वैशाख, काठमाडौं । काठमाडौँको पेप्सिकोलामा एकै परिवारमा तीन जनाको र्यापिड टेष्टमा पोजेटिभ आएपछि पाटन अस्पताल भर्ना गरिएको छ । अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई कोरोना पोजेटिभ देखिएको हो । एक जनाको भने रिपोर्ट आउन बाँकी छ ।

अस्पताल भर्ना भएका पीसीआर विधिबाट नमुना संकलनका लागि उनीहरुको थ्रोट स्वाब लिइएको अस्पतालका निर्देशक विष्णु शर्माले बताए ।उनीहरु २८ दिनअघि बेलायतबाट आएको खुलेको छ । उनीहरुमा लक्षण देखिएपर्छि यापिड टेष्ट गरिएको थियो ।

अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि सो बिल्डिङलाई नै शिलबन्दी गरेर प्रहरीले उच्च सतर्कता अपनाएको छ। प्रहरीले उक्त क्षेत्रमा बस्ने सबैलाई घर भित्रै रहन आग्रह गरेको जनाईएको छ । अपार्टमेन्ट परिसरमा प्रहरी तैनाथ गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.