अपार्टमेन्टका संक्रमितसँग सम्पर्कमा आएका सबैको खोजी जारी, सनसिटीका ५ सय परिवारको पनि परीक्षण गरिने

२ वैशाख, काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि संक्रमितसँग सम्पर्कमा आएका सबैको खोजी गरिन थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितसँग संलग्नहरुको ट्रेसिङ सुरू भएको जनाएको छ। साथै सनसिटी अपार्टमेन्टमा बस्ने करिब ५ सय परिवारको पनि कोरोना परीक्षण गरिने भएको छ। ‘उक्त अपार्टमेन्टमा बस्ने व्यक्तिहरूको परीक्षण आजैबाट सुरू गरिएको छ,’ मन्त्रालयले भनेको छ।

अपार्टमेन्टमा बसोबास गर्नेमध्ये ८१ वर्षीया वृद्धा र ५८ वर्षीय पुरूषमा कोरोनाभाइरस पुष्टि भएको थियो। उनीहरूको पाटनस्थित अस्पतालमा उपचार जारी छ।

Advertisement

अपार्टमेन्ट रहेको क्षेत्र कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले उक्त अपार्टमेन्टमा पाँच सय परिवारका करिब एक हजार बढी व्यक्ति बसोबास गर्ने जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top