१ मार्चपछि यूएईको भिसा अवधि सकिएकालाई सन् २०२० भरी नै मान्यता दिइने

१ मार्चपछि यूएईको भिसा अवधि सकिएकालाई सन् २०२० भरी नै मान्यता दिइने

२ वैशाख, काठमाडौं । यूनाइटेड अरव ईमिरेट्स (यूएई)ले १ मार्चपछि भिसाको म्याद सकिएकालाई २०२० भरी नै मान्यता दिने भएको छ ।

एई भित्रै भए पनि या बाहिर भए पनि यूएईको आवासीय भिसा भएकाले १ मार्च पछाडि अवधि सकिएको भएमा सन् २०२० भरी नै अवधि थपिने खबर यूएईको सरकारी निकायलाई उद्धृत गर्दै गल्फ न्युजले लेखेको छ ।

अब यो नियम लागू भएसँगै तपाईँ बिदामा घर फर्कनुभएको थियो तर कोरोनाका कारण यूएई फर्कन नपाउँदा मार्च १ पछि भिसाको अवधि सकिएको भएमा ३१ डिसेम्बर सन् २०२०सम्म भिसाको अवधि कायम हुनेछ ।

कोरोनाका कारण उत्पन्न समस्या र यसबाट बच्नका लागि यो नियम ल्याइएको यूएईको भनाई छ ।

यस्तै यूएईको आइडीको म्याद पनि मार्च एकभन्दा पछि सकिएको भएमा यही नियम लागू हुनेछ । तर मार्च एक भन्दा अघि नै भिसा र आइडीको म्याद सकिएको भएमा यो नियम लागू हुने छैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.