सनसिटीमा संक्रमितको ब्लकमा काम गर्ने दुई जनासहित ’ब्लक ए’ मा बस्ने सबैको र्‍यापिड टेस्टको नतिजा नेगेटिभ

३ वैशाख, काठमाडौं । पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा कोरोना संक्रमितको ब्लकमा काम गर्ने दुई जना कामदारसहित ’ब्लक ए’ मा बस्ने सबैको र्‍यापिड टेस्टको नतिजा नेगेटिभ देखिएको छ ।

बुधबार बिहान गरिएको परीक्षणमा संक्रमित बस्ने ब्लक ‘ए’ का २ सय ४२ जनाकै र्‍यापिड टेस्टको नतिजा नेगेटिभ आएको हो । दुई जना कामदारको थप पिसिआर परीक्षणको लागि स्वाब पनि लिइएको छ। अपार्टमेन्टका अन्य ब्लकका मानिसहरुको परीक्षण जारी छ ।

स्वाब परीक्षणको नतिजा आएपछि कामदारहरूमा कोरोना भाइरस रहेको वा नरहेको भन्ने प्रस्ट हुन्छ।  गत चैत ५ गते बेलायतबाट आएका एकै परिवारका दुई सदस्य(आमा र छोरा)लाई कोरोना पोजेटिभ देखिएपछि सो अपार्टमेन्टमा रहेकाको आजबाट र्‍यापिड टेस्ट सुरू गरिएको हो।

Advertisement

संक्रमित दुई जना पाटन अस्पतालको आइसोलेसनमा छन्।

सोही परिवारका अर्का एक जना महिला(बुहारी)को पनि परीक्षण गर्दा पहिलो चरणमा रिपोर्ट नेगेटिभ आएको थियो। उनको दोस्रो चरणमा परीक्षण हुनेछ। उनी पनि अस्पतालमै छिन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top