कैलालीमा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

कैलालीमा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

३ वैशाख, कैलाली ।
कैलालीको भजनी नगरपालिकाकी १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । घटनामा संलग्नताको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार मंगलबार साँझ गोठालो गएका बेला उनीमाथि सामूहिक बलात्कार भएको हो ।

बलात्कारको आरोपमा पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–४ लालपुरफका २९ वर्षका रामकुमार चौधरी, २२ वर्षका मंगल चौधरी र ३१ वर्षका सुरेश कुमार चौधरी रहेका कैलालीका प्रहरी प्रवक्ता डीएसपी दक्ष बस्नेतले बताए ।

उनले पक्राउ पर्नेमाथि बलात्कार मुद्दामा अनुसन्धानका लागि कैलाली जिल्ला अदालतबाट १५ दिनको अनुमति लिएको जानकारी दिए ।

प्रहरीका अनुसार यसअघि मंगलबार कैलालीकै गौरीगंगा नगरपालिका १ की १७ वर्षीया किशोरीमाथि ४ जनाले सामुहिक बलात्कार गरेका थिए । घटनामा संलग्न भएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.