डब्लूएचओलाई १० लाख अमेरिकी डलर सहयोग गर्ने चर्चित लेखक हरारीको घोषणा

४ बैशाख ७७, बिहीबार

४ वैशाख, एजेन्सी ।
चर्चित लेखक युवल नोआ हरारीले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई आर्थिक सहयोग गरेका छन्।

Advertisement

हरारी र उनका श्रीमान इत्जिव याहवले उनीहरुको सामाजिक कल्याणकारी संस्था ‘सेपियन्शीप’ का तर्फबाट डब्लुएचओलाई १० लाख अमेरिकी डलर आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन्। हरारी र यावह ‘सेपियन्शीप’ का संस्थापक हुन्।

हरारीले ट्वीट गरेर उक्त सहयोगको बारेमा जानकारी दिएका छन्।

Advertisement

‘सेपियन्शीप’ को तर्फबाट जारी गरिएको विज्ञप्तिमा उनीहरुले अमेरिकी राष्ट्रपतिले डब्लुएचओलाई गर्दै आएको आर्थिक सहयोग कटौति गरेको अवस्थामा संसारभर सात अर्ब मानिसहरु रहेको भन्दै सहयोगका लागि सबैलाई अपिलसमेत गरेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top