संविधान नमान्नेप्रती सरकार कडारुपले प्रस्तुत हुन्छ : प्रम ओली

१३ चैत ७४, बुधबार

काठमाडौं, चैत १४
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नमान्नेप्रती सरकार कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । उनले संविधान मान्दिन भन्दै चन्दा उठाउनेहरुप्रति सरकार कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका हुन् ।

Advertisement

जनताले लामो संघर्ष गरेर संविधान ल्याएको भन्दै उनले चन्दा उठाउनेले संविधान मान्दिन भनेर धम्क्याएर चन्दा उठाउँदै गए सरकार उनीहरुप्रती कडा रुपमा प्रस्तुत हुने बताए ।

हिंसाको सहारामा आफ्नो दुनो सोझ्याउने खेलहरु हुने भन्दै उनले त्यो सरकारलाई मान्य नहुने बताए । उनले भने त्यस्ता प्रवृत्तिहरुलाई सरकारले रोक्ने दावी गरे । यद्यपि सरकारले दमन भने नगर्ने उनले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top