बागलुङकी ६५ वर्षीया महिला कोरोना मुक्त, डिस्चार्ज गर्ने तयारी

६ बैशाख, पोखरा ।
कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित बागलुङकी ६५ वर्षीया महिला कोरोना भाइरस मुक्त भएकी छिन् । धौलागिरि अञ्चल अस्पताल बागलुङको आइसोलेसनमा उपचाररत महिलाको तेस्रो र चौथो स्वाब परीक्षणमा नेगेटिभ आएपछि डिस्चार्ज गर्ने तयारी गरिएको छ ।

बिहीबार र शनिबार गरिएको रिपोर्टमा कोरोना नभएको भेटिएको धौलागिरि अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेट डा. शैलेन्द्र बि. पोखरेलले जानकारी दिए । कोरोना मुक्त भएसँगै उनलाई अस्पतालबाट घर पठाउने तयारी गरिएको पोखरेलले बताए । पोखरेलले भने ‘हामी उहाँलाई घर पठाउने तयारी गरेका छौं, शनिबार साँझ नभए आइतबार विहानै घर पठाउछौं, उहाँलाई नियमित दिइरहेको औषधी दिने र दुई साता होम क्वारेन्टाइनमै बस्ने गरी डिस्चार्ज गछौं ।’

संक्रमित महिलाका परिवार तथा सम्पर्कमा आएका व्यक्तिहरुको समेत स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । नेपालमा दोस्रो, पाँचौ र छैठौं संक्रमित एउटै विमानबाट नेपालमा आएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top