×

NEPAL TIMES UPDATES

Playing
मोरङ सुनसरी र झापामा बर्डफ्लू भयावह, विराटनगरमा पनि पुष्टि || Nepal Times
Mar 24, 2026
Playing
वार्ता हुनेमा अरब मुलुकको आशंका, इरानमा किन प्रत्याक्रमण गरेनन् ?|| Nepal Times
Mar 24, 2026
Playing
प्रतिवेदन सार्वजनिक नगरी विदा हुँदैछ सुशीला सरकार? || Nepal Times
Mar 24, 2026
Playing
गगनको गाडी रुक्दैन, रास्वपालाई बधाई,देउवाको घरमा भेटिएको पैसाको अनुसन्धान गर्न माग|| Nepal Times
Mar 24, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-10-2082 || Nepal Times
Mar 24, 2026
Playing
इन्धन जोहो गर्न नेपालमा जोरबिजोर, ग्यास भरिएकै सिलिण्डर|| Nepal Times
Mar 24, 2026
Playing
अमेरिकाविरुद्ध चीनको पनडुब्बी युद्धको तयारी|| Nepal Times
Mar 24, 2026
Playing
Trumpको यूटर्न मायाजाल ! IRGC लाई फसाएर खाडीमा सेटिंग|| Nepal Times
Mar 24, 2026
Playing
“सीमा मिचिँदै गयो भने नेपाल नै हराउन सक्छ” — बुद्धिनारायण श्रेष्ठको चेता*वनी|| Nepal Times
Mar 24, 2026
Playing
ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’ग्रेटर नेपाल’ सम्म|| Nepal Times
Mar 24, 2026

उपत्यकामा लकडाउन: प्रहरी देख्दासम्म पालना, ओझेल पर्नासाथ अवज्ञा

६ बैशाख २०७७

६ बैशाख, काठमाडौँ । 

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि यसको अवज्ञा गर्दै सडकमा हिँड्ने र दिनभर पसल खोल्ने बढिरहेका छन् । काठमाडौँ उपत्यकाका तीनै जिल्लामा प्रहरीको आँखा छलेर स्थानीयवासी खाद्यान्न किन्न र घुम्नका लागि हिँडिरहेको भेटिन्छ ।

Advertisement

शनिबार प्रहरीले पसल बन्द गराउन हिँडिरहँदा जडीबुटी, पेप्सीकोला, लोकञ्थली, इमाडोललगायतका स्थानमा प्रहरीको आँखा छलेर पसल खोलिरहेको देखिन्थ्यो । स्थानीय तहले कुन समयमा पसल खोल्ने भनेर तोके पनि यी स्थानमा पुग्दा दिनभरजसो नै भित्री भागमा पसल खुला पाइएको छ । अधिकांश पसलमा आधा सटर खोलेर व्यापार गरिरहेको देखिन्थ्यो । व्यापारीले प्रहरी र मिडियाका प्रतिनिधि आएको देख्नासाथ बन्द गर्ने र उनीहरु जानासाथ खोल्ने गरेका छन् । कतिपय व्यक्ति मोटरसाइकल र स्कुटरमा पानी, ग्यास किन्न हिँड्ने गरेको दृश्य विभिन्न स्थानमा दैनिक देखिन्छ ।

तरकारी र खाद्यान्नका ती पसलमध्ये कतिपयले घरभित्रबाट दिनभर बिक्री गरेको देखिन्थ्यो । ती पसमा बिहान तोकिएको अवधिमा सामाजिक दूरी कायम गरेको भए पनि दिउँसोको समयमा एकै पटक भीडभाड देखिन्छ र धेरै उपभोक्ता एकैपटक पसलभित्र सामान किनिरहेका दृश्य भित्री सडक छेउमा पसलमा देखियो । नरेफाँटकी सन्ध्या चापागाईँ दिउँसो झण्डै १२ बजेतिर चाउचाउ किन्न जाँदै गर्दा भेटिइन् । उनी बिहान आफूलाई याद नभएकाले अहिले किन्न हिँडको भन्दै थिइन् । प्रहरीको आँखा छलेर सामान किन्न जान उनी हतारमा थिइन् । उनले भनिन्, ‘छोराछोरीले लकडाउन भने पनि भनेको कुरा नभइ मान्दैनन् अनि जानैपर्छ ।’

खाद्यान्न किन्नका लागि मात्रै नभएर हावा खान वा खुट्टा तन्काउन हिँडेको भन्ने व्यक्ति पनि धेरै भेटिन्छन् । तीमध्ये कतिपय मधुमेह, उच्च रक्तचाप, मुटुरोगलगायतका दीर्घरोगका बिरामी छन् । घरमै बसिरहँदा गाह्रो हुने भन्दै दैनिक पाँच/दश मिनेट हिँड्ने गरेको लोकञ्थलीका भीम मगरले बताए । झण्डै एक दशकदेखि मधुमेहको नियमित औषधि खाँदै आएका उनी पहिले बिहान–बिहान हिँड्ने गरेका थिए । लकडाउनका समयमा बिहान जतासुकै भीड भएकाले खाना खानासाथ हिँड्ने गरेको उनले बताए । उनले भने, ‘खोला छेउमा कोही नभेटिने हुँदा मनोहरा किनारैकिनार हिँड्ने गरेको छु ।’

लकडाउनको कार्यान्वयन गराउन प्रहरी मुख्य सडक र भित्री सडकमा समेत खटिएका देखिन्छ । बिहान पसल बन्द गराउनेदेखि दिउँसो छड्के हेर्नका लागि प्रहरी खटिइरहेका छन् । प्रहरीले लकडाउन अवज्ञा गर्दै सडकमा हिँड्ने झण्डै तीन हजार ६०० लाई सडकमै तीन घण्टा उभ्याएर मात्रै पठाइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । लकडाउन अझै कडाइ गर्ने सरकारको निर्णयसँगै यस्तो कारवाहीमा पर्नेको सङ्ख्या बढिरहेको छ । अझै पनि धेरै नागरिकले लकडाउन मेरा लागि भन्दा पनि नेपाल प्रहरीका लागि भन्ने बुझ्दा यसको अवज्ञा भइरहेको चोकचोकमा खटिने प्रहरी बताउँछन् ।

कतिपय व्यक्ति हातमा थोरै तरकारी बोकेर बिहानभरि घुम्ने गरेको पाइएको परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । सरकारले अत्यावश्यक कामका लागि उपलब्ध गराएको ‘सवारी पास’ पनि दुरुपयोग भइरहेको छ । कतिपय व्यापारीको त्यही सटरमा पसल र त्यहीभित्र पकाउने, खाने र त्यही सुत्ने भएकाले पनि सटर आधा खोलिएको पाइएको छ । प्रहरीले कारवाही नगर्दा पनि गरेन भन्ने र गर्दा पनि त्यसको विरोध हुने गरेको उनको भनाइ छ । विभिन्न बहानामा छोटो दूरीमा हिँडिरहेका पैदलयात्रु हुन् वा काठमाडौँ हुँदै काठमाडौँ बाहिर घरसम्म जान लागेका नागरिकलाई रोक्दा र नरोक्दा दुवै अप्ठ्यारो भएको उनले बताए । अत्यावश्यक सामग्री किन्न जाँदा पनि प्रहरीले माक्स लगाउन, समूहमा नहिँड्न भन्ने गरेको छ ।

उनले भने, ‘उल्टै प्रहरीलाई जे गरे के मतलब भन्दै झगडा गर्ने र एर्काथरि सामाजिक सञ्जालमा भिडियो हाल्ने गर्छन् ।’आम नागरिकलाई सरकारले सामाजिक दूरी कायम गर्न भने पनि नेपाल प्रहरीमा लागू हुनसकेको छैन । प्रहरीले लामो समयसम्म र धेरै दिनदेखि कोरोना ड्युटी गरिरहेकाले छन् ।

Advertisement

उनीहरुले स्वास्थ्य सुरक्षाका लागि माक्स र स्यानिटाइजरको प्रयोग गर्दै लामो समयसम्म ड्युटीमा खटिरहेको उनले बताए । अरु नियमित ड्युटीसँगै लकडाउन कार्यान्वयनका लागि सडकमा खटिएका प्रहरीलाई काममा उत्साह जगाउन जरुरी छ । प्रहरीलाई एकातिर कामको चाप र अर्कातिर चुनौती दुवै भएको उनले बताए । नागरिकले मेरो लागि लकडाउन गरिएको हो भनी बुझेर घरमै बस्दा उनीहरु र प्रहरी दुवैलाई राम्रो हुन्छ । उनले भने, ‘नेपाल प्रहरी अहिले पनि बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म नियमित ड्युटीमा खटिइरहेका छन् ।’– सञ्चिता घिमिरे/रासस

भर्खरको समाचार

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

अमेरिकासँग इरानको वार्ता भएकै छैन्, ट्रम्पको दाबी अफवाह!

trump

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

सम्बन्धित खबरहरु

Scroll to Top