सडकमा पैसा फालेर हिँडेका दुईमध्ये एक महिलामा र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ

६ बैशाख ७७, आइतबार

६ वैशाख, जनकपुरधाम ।
जनकपुरधामको सडकमा पैसा फालेर हिँडेका दुई महिलामध्ये एक महिलामा र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ पाइएको छ।

शुक्रबार जनकपुरधाम उपमहागरपालिका वडा नं. ४ महावीर चोकस्थित बीच बाटोमै पैसा फालेर भाग्ने महिलालाई आज नियन्त्रणमा लिई स्वास्थ्य जाँच गर्दा कोरोना पोजेटिभ देखिएको प्रादेशिक अस्पतालका स्रोतले जनाएको छ। र्‍यापीड टेस्ट पोजेटिभ आएपछि पीसीआरबाट पुनः जाँच गर्ने तयारी भइरहेको छ।

शुक्रबार बाटोमा फैला फालेर भागेपछि सिसिटीभी फुटेजको आधारमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ की आमुना खातुन र अलिना खातुनलाई प्रहरीले जानकी मन्दिर पछाडी रहेको मस्जिद नजिकबाट पक्राउ गरेको थियो।

Advertisement

दुबै जना नन्द र भाउजु रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top