जनकपुरको सडकमा पैसा छर्ने दुवै महिलाको कोरोना रिपोर्ट नेगेटिभ

६ बैशाख ७७, आइतबार

७ वैशाख, जनकपुरधाम ।
जनकपुरको सडकमा पैसा फाल्दै भाग्ने दुवै महिलाको कोरोनो रिपोर्ट नेगेटिभ आएको छ ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा गरिएको आरडिटी परीक्षणमा पोजिटिभ आएको तर पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रादेशिक अस्पतालले जनाएको छ । कोरोना महामारी संक्रमणको बेला जनकपुरमा पैसा फालेर भागेकी नन्द भाउजुमा शनिबार गरिएको आरडिटी परीक्षणमा पोजिटिभ भेटिए पनि पीसीआर परीक्षणमा नेगेटिभ भेटिएको प्रादेशिक अस्पताल श्रोतले जनाएको छ ।

श्रोतले भन्यो, आरडिटीमा पोजिटिभ देखिएको पीसीआरमा नेगेटिभ हुनु कुनै नालौ कुरा होइन। आरडिटी प्रविधि संभावनालाई परिपक्‍क बनाउँदैन तर पनि कतिपय केसमा आरडिटीले परीक्षणपछि अन्यमा सर्न नदिन सुरक्षा सर्तकताका लागि गरिन्छ, तथापि पिसिआर रिपोर्टलाई हामी अन्तिम परिणामको रुपमा अघि सार्छौ।

Advertisement

जनकपुरधामस्थित महावीर चोकमा जथाभावी पैसा फाली लुकीछिपी भाग्ने दुई महिलालाई जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार पक्राउ गरी प्रादेशिक अस्पतालमा आरडिटी परीक्षण गरेको थियो । तर आरडिटीमा पोजिटिभ देखिए पनि पीसीआरमा नेगेटिभ देखिएको छ ।

विशेषतः जनकपुरस्थित महावीर चोकमा १० र १०० नोट छरेर भागेकी दुई महिलालाई शंकाको आधारमा पक्राउ गरी शनिबार आरडीटी परीक्षण गरिएको थियो । प्रदेश स्वास्थ्य निर्देशनालयका प्रशासक विजय झाले आरडीटी पोजिटिभ देखिए पनि पीसीआर नेगेटिभ देखिनु सामान्य भएको बताए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top